बुढानिलकण्ठ नगरपालिकाको बिकासका लागि नगरबासीको सहभागिता आवश्यक छ : नगर प्रवक्ता नवराज भट्टराई

बुढानिलकण्ठ नगरपालिकाको बिकासका लागि नगरबासीको सहभागिता आवश्यक छ : नगर प्रवक्ता नवराज भट्टराई

कपन अनलाइन

काठमाडौँ, असार १०।  बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित  सयपत्री टोल सुधार समिति द्वारा निर्माण गरिएको सडक उद्घाटन भएको छ। मंगलबार बिहान उक्त सडकको बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले रिवन काटी उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एबम वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले आयोजकलाइ धन्यवाद दिदै आज सबैको हर्ष र खुसिको दिन भएको बताए। उनले निकै लामो समय पश्चात निकै रस्साकस्सिका बाबुजुत सो टोलमा रहेको सानो बाटो त्यसलाई फराकिलो बनाएको र हिजोको फोहोर अवस्था थियो त्यसलाइ सफा बनाएको भन्दै त्यो सबै टोल बासीको निरन्तर प्रयास र  सक्रियताले गर्दा नै सम्भब भएको भन्दै सबैजना  बधाईको पात्र भएको बताए ।

उनले आफुले आफ्नो ठाउ बाट केहि सहजीकरण मात्र गरेको भन्दै विकासका लागि नागरिक आफैले प्रयास गरेमा सबै कुरा सम्भब छ,  उनले भने, यसरीनै सबै टोलबासीहरु आफ्ना लागी आम जन मानसका लागि लाग्ने हो भने सबै कुरा सम्भब छ भन्ने उदाहरण सयपत्री टोलले दिएको बताए । उनले त्यसको लागि आफ्नो देवात्वकरण भन्दा पनि सयपत्री टोलमा बस्ने सबै आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई श्रेय जाने बताए।  उनले सयपत्री टोलले प्रयास नथालेको भए यो कुरा सम्भब नहुने बताए ।

नेसा नेपाल,  रामहरी भण्डारी लगायत हिजो देखि कपन को विकासमा हुर्केको मान्छे  हिजोको दिनमा कपनमा विकास आजको जस्तो सहज अवस्था नहुदा खेरियहाको जनप्रतिनिधि भएर खेलेको भूमिका धेरैलाइ थाहा भएको बताए।  उनले उहाले खेलेको भूमिका स्मरण गर्दै  उहा सकारात्मक नभई दिएको भए नेसा नेपाल सकारात्मक नभएको भए आज यो सम्भब नहुने बताए ।बिगत एक वर्ष देखि मेघनाथ  भुर्तेल र शंकर सापकोटाले निरन्तर वडामा आउने  निरन्तर सम्पर्कमा रहेर आफ्नो पाइलालाइ नधरमराइ लगाइरहेको हुँदा यो सम्भब भएको बताए। उनले यो बिचमा समन्वय गर्नुपर्ने सबै ठाउमा समन्वय गरेको पनि स्मरण गरेका थिए ।

उनले यो बीचमा आफ्नो घर नै काटेर बाटो बढाउन को लागि गरेको प्रयासको उच्च प्रसंशा गरेका थिए। उनले उक्त सडकमा बत्ती पनि राखिएको र त्यसले समेत टोललाई बेग्लै सुन्दरता बढाएको बताए। उनले सो बाटो बाट १६ घर लाभान्वित रहेको बताउदै तीन फुटे बस्ति कपन बुढानिलकण्ठ वडा नं१० मा धेरै तीन फुटे बाटोमा बस्ति रहेको र  आफु केहि दिन अघि एउटा बस्तीमा पुग्दा त्यहाका  मानिसले मात्र नभई धेरैले  सय पत्री टोलको बाटो देखेर त्यसको अनुकरण गर्नको लागि प्रयास रत रहेको जानकारी गराए । सयपत्री टोलमा बस्ने सबै जना सबैको लागि अनुकरणीय भएको बताए।   उनले नजिकै अन्य धेरै  तीन फुटे बाटो साँघुरा गल्लीहरुलाइ पनि कसरी विस्तार गर्न सकिन्छ  कसैलाई केहि अफ्ट्यारो परिहाल्यो भने जहाँ ट्याक्सी लगायत यातायातका साधनहरु निर्वाध रुपमा गुडाउन सकियोस कुनै ब्यक्ति बिरामी परेर अस्पताल सम्म लान एम्बुलेन्स सम्म छिर्न सक्ने बनाउनको लागि प्रयासरत रहेको बताए।  सो कारण पनि सयपत्री टोलले वडा नं १० मा अनुकरणीय कार्य गरेको बताए ।

उनले यो वर्ष कोभिड १९को महामारी रहेको र नेपालमा पनि संक्रमितको संख्या दश हजार भन्दा माथि पुगेको बताउदै लामो समय सम्म हामीले साबधानीका उपाय अपनाउने र रोकथामका बिधिहरु अपनाउने कुरामा सजक हुन आवश्यक रहेको बताए। उनले हिजोको दिनमा काठमाडौं बाट धेरै जना काठमाडौँ जिल्ला बाहिर गएकाहरु फर्केर अहिले काठमाडौं भित्रने क्रम बढेको भन्दै वडाको घर छिमेकमा पनि कोहि आइरहेको हुन सक्ने हुँदा उहाहरुमा निगरानी बढाउ ताकी उहाहरु कहाँ बाट आएका हुन् ट्राभल हिस्ट्री पत्ता लगाउन सजिलो होस् जसले गर्दा रोगलाई निम्त्याउने काम नगरौ काम मै नपरीकन जिल्ला प्रशासन कार्यलयले अत्यन्तआवश्यक काम बाहेक यहा आउने कुरा र कतै जाने कुरा नगर्न समेतभनेको जानकारी गराए।

उनले आर्थिक अवस्था समेत कोभिडको कारण बिग्रिएको धेरै ब्यक्तिहरु यतिखेर रोजगार गुमेको र दैनिकी कष्टकर भएको हुँदा यो वर्ष २०२० लाइ हेर्ने हो भने यो वर्ष यस्तै नै रहने अवस्था रहेको  लामो समय सम्म बिद्यालयहरु नखुल्न सक्ने यातायातका साधनहरु नचल्ने हुँदा  आर्थिक गतिबिधिललाई बेग्लै ढंगले संचालन गर्नु पर्ने अवस्था आएको बताए। उनले अबको बजेटहरु धेरै बैदेशिक रोजगारमा गएकाहरुको रोजगारी गुमेको र कोभिडकै कारणले देश फर्कनेको संख्या बृद्दी भएको हुँदा नेपाल सरकारले उहाहरुलाई स्वरोजगार बनाउनको लागि आत्मनिर्भर बनाउनको बिभिन्न कार्यक्रम ल्याएको र  यो वर्षको नीति तथा कार्यक्रम नगर सभा मार्फत सार्वजनिक गरिने हुँदा बुढानिलकण्ठ नगरपालिकाले आर्थिक विकास र कृषिमा बिशेष प्राथमिकता दिने भनिएको छ।उनले भनेयो बुढानिलकण्ठ नगरपालिका मात्र नभई देश भर नै त्यो नीतिलाइ अख्तियारी दिएको हुँदा  सबै स्थानीय तह केन्द्र  र प्रदेश पनि त्यहि दिशामाउन्मुख भएको बताए ।उनले सडक संगै काठमाडौंमा फोहोरको ठुलो समस्या रहेको बताए।

उनले बुढानिलकण्ठ नगरपालिकामा पनि घरको फोहोर घरमै व्यवस्थापन गर्नु पर्ने  बताए।  उनले घरको फोहोर बाट घरमै कम्पोस्ट मल बनाएर कौशी खेति मात्र गर्न सकियो भने पनि धेरै फोहोर व्यवस्थापन हुने हुँदा त्यता तर्फ लाग्नु पर्ने बताए। उनले त्यस्ता कार्यक्रमको लागि वडाले सहयोग गर्ने पनि बताए ।उनले दैनिक  उपयोग गर्ने सामग्रीहरु उत्पादन गर्नको लागि साना लघु उद्यमहरु संचालन गर्नु पर्ने आवश्यकता भएकोले त्यता तर्फ पनि वडाले ध्यान दिईरहेको भन्दै कस्ता उद्यम संचालन गर्न सकिन्छ सुझाब दिन पनि वडाबासीलाई अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।