कागेश्वरी मनोहरा नगरपालिका १ मा बैकल्पिक बाटो प्रयोग गर्न वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलको अनुरोध
कपन अनलाइन
काठमाडौं,असार ८। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ ले सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल द्वारा हस्ताक्षरित उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सुर्यमण्डली जाने चोक देखि शंखरापुर नगरपालिकाको सिमाना सम्मको सडक निर्माण कार्य शुरु भएको हुँदा इन्द्रायणी तर्फको बाटो प्रयोग गर्नहुन र लोकतान्त्रिक शहिद मार्ग खण्डको वडा कार्यालय अगाडी कार्यको शुरुवात भइरहेको हुँदा वैकल्पिक बाटो सुर्यमण्डली तर्फ इन्द्रायणी तर्फको सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
साथै सडक निर्माणको लागि आवश्यक निर्माण सामग्रीहरु सडकमा रहेको हुँदा सो बाटो बाट सर्व साधारणको लागि पर्न गएको असुविध प्रति क्षमा प्राथी रहेको उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।