तारकेश्वर नगरपालिका- २ को प्लटिङ्ग विवाद हुँदा ९६ वर्षीय बृद्ध कुटिए
कपन अनलाइन
काठमाडौं ,असार ९।
तारकेश्वर नगरपालिका वडा न २ काभ्रेस्थली देबिस्थानमा अवस्थित प्लटिङ्गमा बिवाद हुदा एक बृद्ध कुटिएका छन ।करिव ३० /४० जनाको संख्यामा आएका युवाहरुले काभेस्थली घट्टेखोला पुलन नजिक घरमा बसिराखेका ९६ बर्षिय वृद्ध हिरा बहादुर खड्गी र देबिस्थाका चन्द्र तामाङ, अजय तामाङ लाई इट्टाका टुक्रा, ढुङ्गा, फलामे रडले हाने सक्त घाइते बनाएका थिए ।
देबिसथान गाउँको बोचको मुलबाटोमा रहेको सबिक हिमपाइप प्लटिङ्गका साहु बिनोद पन्डितले आफ्नो प्लटिङ्गमा पानी गएको भन्दै पुरानो साबिकको ढल निकाली आफू खुशी फालिदिए पछी विवाद शुरु भएको थियो।
गाउँमा जाने एक मात्र बाटो बिग्रीएको बिषयमा २ वडाका अध्यक्ष र अन्य ब्यक्तिहरुको रोहवरमा सम्बन्धित बिषयमा छलफल गर्न प्लटिङ्गका साहु बिनोद पन्डित बोलाएकोमा उनि नआइ उनका भतिज दिपक पन्डित आएको छलफलमा केही भनाभन भए पछी उक्त प्लटिङ्गका साहु बिनोद पन्डिलेइ तिमीहरूलाई के गर्छु हेर भन्दै धम्की दिएका थिए।
त्यस पश्चात उनले ३० देखि ४० जनाको सख्यामा गुन्डा पठाइ स्थानीय बासिन्दालाई ज्यान मार्ने धम्की सहित कुटपिट गरेको काभ्रेस्थलीका एक समाजसेवीले बताएका छन ।फोटो सौजन्य :साझा पाना