नेपालको नयाँ नक्सा संबैधानिक रुपमा संस्थागत भएको खुसीयालीमा अत्तरखेल बुद्धचोकमा दिप प्रज्वलन

नेपालको नयाँ नक्सा संबैधानिक रुपमा संस्थागत भएको खुसीयालीमा अत्तरखेल बुद्धचोकमा दिप प्रज्वलन

कपन अनलाइन

काठमाडौं असार ८ ।भारतले कब्जा गरेको नेपाली भूमि कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नयाँ नक्सा संबैधानिक रुपमा नेपालको नक्सामा समेटिएको खुसीयालीमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित बुद्द चोक अत्तरखेलमारास्ट्रिय झण्डा सहित साँझ साँझ दिप प्रज्वलन गरिएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको अत्तरखेल महिला समूह र आत्तरखेल युवा समाजले संयुक्त रुपमा दिप प्रज्वलन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति काठमाडौं कि सदस्य सान्नानी लामा, अत्तरखेल महिला समूहका पदाधिकारी, अत्तरखेल युवा समाजका पदाधिकारीहरु सहित सहित स्थानीय बिभिन्न संघ संस्थाहरुको साथै स्थानीयको  स्व स्फुर्त उपस्थितिमा  दीप प्रज्वलन गरिएको  थियो ।

राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रम नेपालको कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नक्शा बनाएर दिप प्रज्वलन गरि सम्मान सहित खुसियाली प्रकट गरेका थिए।दिप प्रज्वलनमा उपस्थितहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताएका थिए । दिप प्रजवलन संगै स्थानीयले राष्ट्रिय भावनाले ओत पोत भएको  स्वदेश गान गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिनिधिसभाको बैठकले नयाँ नक्सा समेट्ने बिधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएपछि सो को खुसियालीमा नयाँ  नक्साको चित्र बनाइ दिप प्रज्वलन गरिएको हो। राष्ट्रिय स्वाधिनताको मुद्दामा नेपालका सबै राजनीतिक शक्ति एकतावद्ध भएकोमा नागरिकमा खुसीयाली छाएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव शनिबार संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण दिनका रूपमा रहेको सहभागीहरुले  बताएका  थिए  ।सोहि क्रममा आन्तरखेल युवा समाज र अत्तरखेल महिला समाजले संयुक्त रुपमा लकडाउन बाट प्रभावितहरुलाई खाद्यान्न समेत  बितरण गरेको थियो ।उनीहरुले करिब २३ परिवारलाइ चामल ,दाल लगायतको खाद्यान्न सहयोग गरेका थिए ।

फोटो :नबिन मगर

तपाइँको प्रतिक्रिया ।