किसानका सन्तान: आविष्कार कला (कविता )
कपन अनलाइन
काठमाडौं ,असार ७ ।
कृषिप्रधान देशमा
किसानका सन्तानहरु
आन्दोलनको
अन्तिम माग प्राप्तिपछि
भुतुक्क विर्सिए
हिजो कति मार्यौ
मुसा ,मुसेरीमा ।
वर्तमानमा
मुसेरिको विष बनाउदैछन
किसानको सन्तानहरुले
किन मातृभूमिलाई ।।
कागजी बाघलाई
प्राण नभरियोस्
समृद्धिका नाममा
विन्ती छ
किसानको छोराको
हिजोको किसानका सन्तानलाई
भोलि किसानका सन्तानले
कुनै आन्दोलन गर्न नपरोस्
न्याय समानता र मुक्तिका लागि ।।
तपाइँको प्रतिक्रिया ।