बुढानिलकण्ठ -१० का संक्रमितको सम्पर्कमा आएका ९ जनाको PCR नेगेटिभ
कपन अनलाइन
काठमाडौं ,असार ६।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का ४५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिए पश्चात उनको सम्पर्कमा आएका ९ जनाको PCR परिक्षणको नतिजा नेगेटिभ आएको छ।
जेठ २९ गते बिहीवार बूढानीलकण्ठ नगरपालिका वडा नं.१०, ११ , १२ र १३ का जोखिम समूहमा रहेका औषधि व्यवसायी, खाद्यान्न पसल अन्य अत्यावश्यक वस्तु बिक्रीगर्ने व्यक्ति लगायत ५९ जनाको आरटी पिसिआर विधिद्वारा कोरोना भाइरसको जाँचगर्न थ्रोट स्वाव संकलन गरि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाईएकोमा एक जनामा कोरोना संक्रमण देखिएको थियो भने ५८ जनाको PCR रिपोर्ट नेगेटिभ आएको थियो।
ती ९ जना सबैको रिपोर्ट नेगेटिभ आएको र कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको नगर जनस्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिदै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाउदै सचेत रहनका लागि आग्रह गरेका छन ।
त्यस्तै सो क्षेत्रमा रहेका जोखिम सुमुहका व्यक्तिहरुको परिक्षणको तयारी गरिएको जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख दाहालले त्रसित नभई सजगता अपनाउन आग्रह गरेका छन।