बागमती प्रदेस सरकारको सहयोगमा बुढानिलकण्ठ -९ मा जेष्ठ नागरिक पार्क बन्दै

बागमती प्रदेस सरकारको सहयोगमा बुढानिलकण्ठ -९ मा जेष्ठ नागरिक पार्क बन्दै

कपन अनलाइन

काठमाडौं ,असार ५

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको पहलमा जेष्ठ नागरिक पार्कको निर्माण भैरहेको छ।

बागमती प्रदेस सरकार बाट सहयोग प्राप्त ५० लाख रुपैया बाट सो स्थानमा जेष्ठ नागरिक पार्क निर्माण गर्न लागिएको हो।२० ७६ शाल माघ २८ गते सम्झौता भएको सो पार्क २०७७ बैशाखमा सम्पन्न गर्ने लक्ष्य राखिएता पनि लक डाउनका कारण केहि समय रोकिएको थियो।

वडा नं ९ को सो क्षेत्रमा रहेको सार्वजनिक जमिनलाई उपयोग गर्दै निर्माण भैरहेको उक्त पार्क चाडै सम्पन्न हुने उपभोक्ता समितिकी अध्यक्ष कल्पना थापाले जानकारी दिएकी छन।

तपाइँको प्रतिक्रिया ।