कोरोना प्रकोप लक्षित गरेर लायन्स क्लव इन्टरनेशनलको विशेष निर्णय
कपन अनलाइन
काठमाडौं ,असार ४।
कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीले विभिन्न पक्षलाई असर गरेको सन्दर्भमा लायन्स क्लवको परोपकारी अभियानमा रहेका लायन्स सदस्यहरुका लागि लायन्स क्लव इन्टरनेसनलले विशेष निर्णय गरेको छ।
कोरोना प्रकोपका कारण आर्थिक कठिनाइ भएको अवस्थामा लायन्स क्लब इन्टरनेसनल बोर्ड अफ डाइरेक्टर्सले सेवामा जुटिरहेका लायन सदस्यहरुलाई सेवा पुर्याउन २०२० जुलाइ १ देखि डिसेम्बर ३१ सम्म नयाँ क्लब खोल्दा संस्थापक सदस्य शुल्क मिनाहा गर्ने निर्णय गरेको हो।
साथै पुराना क्लबमा थपिने नयाँ सदस्यहरू सबैको दर्ता शुल्क मिनाहा गर्ने निर्णय गरेको बोर्डले लायन्स क्लब अन्तर्राष्ट्रियको यसलाई अवसरका रुपमा लिंदै जुलाइ १ तारिख पछि नयाँ लायन्स क्लब गठन गरि सो सेवा लिनका लागि आग्रह पनि गरेको छ।
तपाइँको प्रतिक्रिया ।