कनेक्ट आइपिए (Connect IPS) को दैनिक कारोबार २ अर्ब नाग्यो

कनेक्ट आइपिए (Connect IPS) को  दैनिक कारोबार २ अर्ब नाग्यो

कपन अनलाइन

काठमाडौं ,असार २।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालनगर्दै आएको connect IPS epayment  प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी रु २ अर्ब नाघेको छ । बैशाख,२०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल—टाइम रिटेल भुक्तानी प्रणालीमा हाल सम्मको सबैभन्दा बढि कारोबार भएको छ ।

विगतकोे तीन महिनाको लकडाउन अवधिमा connectIPS e-Payment  को मासिक कारोबारमा संख्या र मुल्यको आधारमा क्रमश ७५५ र १८६५ ले वृद्धि भएको छ । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमश रु १३.८ अर्ब, रु २४ अर्ब र रु ३९.५ अर्ब रहेका छन् ।

जसमध्ये ६४५ कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (NPI) मार्फत कारोबार पेश भएका छन् । एकीकृत NPI आधारित NPI मा  संस्थाहरुले विभिन्न वैकल्पिक माध्यमबाट connect IPS वा NCHL-IPS  वा अन्य प्रणालीमा कारोबारहरु पठाउन सक्दछन् । connectIPS e-payment  प्रणालीको मोबाइल एप, वेब र बैंक शाखा जस्ता वैकल्पिक च्यानलहरु बाहेक NPI पनि connectIPS को कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ ।

ल्एक्ष्ले बैंक तथा वित्तिय संस्थाहरुको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिंग जस्ता वैकल्पिक च्यानलहरु, एक्एकरएक्इक, सरकारी निकायहरु र अन्य ठूला संस्थाहरुबीच  Integration र  Interoperability लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ । हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्राय सबै बीमा कम्पनी, रेमिटान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोेष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ ।

एनसीएचएलले हाल आफ्नो सम्पूर्ण प्रणालीहरुबाटरु १ लाखभन्दा बढिको दैनिक औसत कारोबारहरु गर्दै आएको छ जसको दैनिक राफसाफ मुल्य रु ४० अर्ब भन्दा बढि रहेको छ ।

कोभिड–१९ लकडाउनको अवस्थामा अन्य प्रणालीहरुमा कारोबार संख्या कम हुँदा समेत अयललभअतक्ष्एक् को कारोबारमा भएको वृद्धिले डिजिटल भुक्तानीको स्वीकार्यता बढेको वा त्यस दिशातिर लागेको संकेत गर्दछ । यसबाट लकडाउन पछि नेपालमा डिजिटल भुक्तानी कारोबारको उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।