हाँडीगाउँमा “द म्यान “द्वारा राहत वितरण
काठमाडौँको हाँडीगाउँमा समाजसेवी अनिशकुमार शर्मा (द म्यान) ले राहत वितरण गरेका छन् । ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै उनले शुक्रवार ३५ परिवारलाई राहत वितरण गरेका हुन् ।
उनले हालसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर १, ४ र ५ का २२ सय ज्याला मजदुर घरपरिवारलाई राहत वितरण गरिसकेका छन् । छुटेकालाई आइतबार पनि राहत वितरण गर्ने तयारी छ ।
लकडाउनबाट प्रभावितहरूलाई समस्या परेमा पछिसम्म राहत दिन तयार रहेको उनले बताए । अनीशले ‘हिज होलिसेन बुद्ध मैत्रेय र हर होलिनेस मनधर्बतारा’बाट आफूले दीक्षा प्राप्त गरेको बताएका छन् ।
उनै गुरुहरूलाई दक्षिणा स्वरूप राहत वितरण गरेको उनले बताए । सो राहत वितरण कार्यक्रममा रश्मि तिमिल्सिना शर्मा, आश्र शर्मा, सृष्टि तिमिल्सिना र नेकपा स्थानीय नेता वीरेन्द्र प्रजापति, विनोद वली, बालकृष्ण खड्की सुनीत श्रेष्ठ र बिजु प्रजापतिको पनि उपस्थिति रहेको थियो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुधीरहेका विपन्न परिवारलाई स्थानीय तहले पनि आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका थिए ।