चितवनका हिसां प्रभावित महिलाहरु नेतृत्वका लागी तयार
कपन अनलाइन
चितवन,जेष्ठ २९।
मानव वेचबिखन तथा लैगिंक हिंसा बिरुद्ध समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने क्षमता अभिबृद्धि भएका १३ जना महिला तथा किशोरीलाई भरतपुरमा दिक्षीत गरिएको छ ।
मिसन मिडिया नेपालले संचालन गरेको सामाजिक नेतृत्व विकास कार्यक्रममा सहभागी भई नेतृत्व क्षमता अभिबृद्धि गरेका १३ जना महिला तथा किशोरीलाई एक कार्यक्रमका बिच दिक्षीत गरिएको हो ।
कोभिड १९ का कारण सामाजिक दुरी कायम गरि गरिएको कार्यक्रममा मानव वेचबिखन र लैगिंक हिसां प्रभाबितहरुका लागी काम गर्दै आएको संस्था चेली नेपाल र आफन्त नेपालमा आश्रय लिईरहेका किशोरी तथा महिलाहरु कार्यक्रममा सहभागी भएका थिए ।
जसको सवाल उसको सहभागीता भन्ने नारालाई आत्मसाथ गर्दै मिसन मिडियाले मानव वेचबिखन र लैगिंक हिसां प्रभावित तथा यसको उच्च जोखिममा रहेका महिलाहरुलाई हिसां बिरुद्ध समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने उदेश्यले तालिम आयोजना गरेको संस्थाकी अध्यक्ष सिन्धु ढकालले जानकारी दिएकी छन ।
तालिममा सहभागीका तर्फवाट बोल्ने बक्ताहरुले तालिम सहभागी भएसँगै आफुले जिवनमा अगाडि बढ्नका लागी आँट साहस बटुलेको भन्दै आफुले आर्जन गरेको सिपलाई समाजमा हिसां न्युनिकरणका लागी सक्दो प्रयोग गर्र्दै जिनवमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
समाजमा हिसां र मानव वेचबिखन जस्ता घटनाको प्रभाव कम गर्नका लागी प्रभावितहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने भन्दै मिसन मिडियाले २ बर्ष अगाडि देखि यस किसीमको कार्यक्रम संचालन गर्दै आएको छ ।
संस्थाले पहिलो सत्रमा ८ जना दोश्रो सत्रमा १६ जना र तेश्रो सत्रमा १३ जना गरी जम्मा ३७ जना किशोरी तथा महिलाहरुको लागी यस किसीम तालिम प्राप्त गरिसकेका छन ।
छ महिनाको तालिमका क्रममा मानव वेचबिखनबाट प्रभावितहरुको संस्थाको नेतृत्व गरिरहनु भएका चरिमाया तामागं, सुनिता दनुवार साथै कमलहरी प्रथाबाट अगाडि आउनु भएकी सांसद एवम् महिला अधिकारकर्मी शान्ता चौधरी लगायत बिभिन्न बिषयगत बिज्ञहरुले समेत सहभागीहरुलाई उत्साह प्रदान गरेको स्थाकी अध्यक्ष सिन्धु ढकालले बताएकी छन ।