सीतापाइला (धार्के धादिङ) सडक खण्डको अनुगमन

सीतापाइला (धार्के धादिङ) सडक खण्डको अनुगमन

कपन अनलाइन

काठमाडौं,जेठ २२। लामो समय देखि निर्माण हुन नसकेको सीतापाइला (धार्के धादिङ) सडक काडमाडौं प्रवेश नाका नागढुंगाको वैकल्पिक राजमार्गले निर्माणको गति लिएको छ । लकडाउनको अबस्थामा पनि सामाजिक दुरी कायम गर्दै निमार्णको कामलाई तिब्रता दिईएको छ । निर्माणले गति लिएसँगै बुधबार बागमती प्रदेशसभा सदस्य केशव पोखरेल, नागर्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत  उपप्रमुख शुशिला अधिकारी  र सडक डिभिजन काठमाडौं प्रमुख कुवेर नेपालीले अनुगमन समेत गरेका छन् । आगामी आर्थिक बर्ष २०७७/०७८ को लागी ठुलोखोला देखि धार्के सितापाईला सडकको लागी चितवन डिभिजनले हेर्नेगरी १५ करोड बजेट तर्जुमा भएको छ।

‘सितापाईला खण्डमा पहिलो चरणमा करिव ५ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको नौबिसे–नागढुङ्गा सडकको उत्तम बिकल्पको रुपमा रहेको अहिलेको तत्कालिन सडक हो धार्के– सितापाईला । धुनिबेशी नगरपालिकाको धार्केबाट सुरु भएको यो सडकखण्ड २५ किलोमिटरबाट भित्र पुगेपछि काठमाण्डौको नागार्जुन नगरपालिका तथा सितापाईला आउँछ । संघिय राजधानी काठमाण्डौ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा पछिको उत्तम बिकल्पको रुपमा रहेको धार्के–सितापाईला सडक जम्मा १३ किलोमिटर मात्र अहिले ग्रावेलको काम हुने दिब्य ज्योती कन्स्ट्रक्सनका  शिवराम भण्डारीले बताए ।

नौबिसे–नागढुङगा सडक खण्डभन्दा यो धार्के–सितापाईला बैकल्पीक राजमार्ग काठमाण्डौं प्रबेश गर्ने छोटो सडक भए पनि बिगतका वर्षहरुमा यस क्षेत्रका नागरिकले बर्षाको समयमा धेरै सास्ती पाउने गरेका थिए । अबको ग्रावेलपछिको अबस्थामा भने सडकमा बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने गरि काम भैरहेको निर्माण कम्पनीको दावी छ ।

फोटो : अनलाइन केन्द्र

 

तपाइँको प्रतिक्रिया ।