कागेश्वरी मनोहरा नगरपालिकामा ९ सय २ जनाको RDT र २ सय ६६ जनाको PCR TEST गरियो :नगर प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौं ,जेठ २१। कागेश्वरी मनोहरा नगरपालिकाले ९ सय २ जनाको RDT र २ सय ६६ जनाको PCR TEST गरि सकिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।नगर प्रमुख थापाले गत वैशाख १ गतेदेखि यहि जेष्ठ १३ गतेसम्म ९ सय २ जनाको RDT र २ सय ६६ जनाको PCR TEST गरिएको जानकारी गराए ।कागेश्वरी मनोहरा नगरपालिकाले स्वदेश तथा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका नगरबासीहरुको पनि प्राथमिकतापूर्वक कोरोना परिक्षण गर्ने तयारी गरेको जानकारी गराउदै स्वदेश तथा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका नगरबासीहरुको कोरोना परिक्षण गर्नका लागि नगरपालिकाले आवश्यक व्यवस्था मिलाएको बताए ।
RDT र PCR TESTगर्दैमा सधैको लागि कोरोना मुक्त नहुने भएकोले नगरपालिकाले आवश्यक पर्ने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर आफै चेक गराउने व्यवस्था मिलाएको बताउदै नगरपालिकाको मुलपानीमा रहेको नगर अस्पतालमा २४ सै घण्टा सेवा सञ्चालनमा रहेको समेत जानकारी गराए ।नगरपालिकाले कोभिड १९ को लक्षण देखिएको एरियामा चेक गर्ने व्यवस्था मिलाएको बताउदै नगर प्रमुख थापाले सनसिटी अपार्टमेन्टमा एकैदिन २ सय ९८ जनाको कोरोनन परिक्षण गरिएको पनि जानकारी गराए ।
RDT र PCR नगरपालिकाले चाहेर पनि किन्न नपाउने भएकोले संघीय सरकारले प्रदेश सरकारलाई र प्रदेश सरकारले स्थानीय सरकारलाई दिने व्यवस्था रहेको बताउदै नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि हर संभव प्रयास गरिरहेको पनि बताए ।विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र राहत बितरणको क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिकाले अहोरात्र कार्य गरिरहेको नगर प्रमुख कृष्णहरि थापाको भनाई रहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकालाई कोरोना भाइरसको संक्रमण हुन नदिन जनप्रतितिनिधिहरु र स्वास्थ्यकर्मीहरु लागिपरेको पनि जानकारी गराए । त्यसै गरि लकडाउनका कारण मारमा परेका श्रमिकहरुलाई राहतको लागि रोजगारी समेत प्रदान गरिएको बताए उनले लकडाउनमा पनि नगरपालिकाले विकास निर्माणको कार्यलाई सामाजिक दुरी कायम गर्दै अघि बढाएको जानकारी गराए ।