काठमाडौं महानगरपालिका वडा नं ४ मा दुई पार्कको शिलान्यास
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८।
काठमाडौं महानगरपालिका वडा नं ४ का दुई स्थानमा निर्माण हुने पार्कको शिलान्यास गरिएको छ। उक्त वडाको धोवीखोला कोरिडोरमा रहेको सार्वजनिक जग्गा संरक्षण गरि निर्माण हुने पार्कको शिलान्यास नेकपा केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य नारायण सिलवाल र अर्का प्रदेश सांसद सीता अधिकारी दाहालले गरेका छन।
स्थानीयले अतिक्रमण गरेको करिब ४ रोपनी सार्वजनिक जग्गा फिर्ता गरी सो स्थानमा पार्क निर्माण गर्न लागिएको हो ।बागमती प्रदेस काठमाडौँ क्षेत्र नं ५(१) को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम कार्यक्रम अन्तर्गत ति पार्कहरु निर्माण हुनेछन।
पार्क संसारभर सहरका अभिन्न अङ्ग बन्न थालेका कारण आफ्नो क्षेत्रमा थप हरियाली विस्तार गर्न यस योजना ल्याइएको बताउदै सांसद सिलवालले पार्क भनेको मुलुक धनी भएपछि विलासिताको लागीनभई सहरको न्यूनतम आवश्यकता रहेको बताएका छन।
मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, सहरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको र बहुआयामिक कामका लागी पार्क चाहिने भएकाले निर्माण थालेको उनले बताए।