कोरोना जितेर फर्किए बुढानिलकण्ठका संक्रमित
कपन अनलाइन
काठमाडौं,जेष्ठ १७।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा वसोवास गर्दै आएका कोरोना संक्रमित ३७ वर्षीय समाजसेवी व्यक्तिले कोरोना जितेका छन। टेकु अस्पतालमा रहेका उनको दुइ पटक गरिएको परिक्षण पश्चात जेष्ठ १७ गते घर फर्किएका हुन्।
कपन अनलाइन संगको टेलिफोन कुराकानीमा आफुलाई हाल सम्म कुनै समस्या नआएको बताउदै भाइरस संग लड्ने आत्मबल बढेको बताएका उनले केवल चार दिनमै कोरोना पराजित गरेर दह्रो आत्मबल र सकारात्मक सोचका अगाडी यसको केहि नलाग्ने बताएका छन।
लकडाउन शुरु भए देखि नै निरन्तर रुपमा अहोरात्र विरामी ,अशक्त र असहाय व्यक्तिहरुलाई अस्पताल र अन्य स्थानमा ओसार पसार गर्ने सत्कर्ममा सक्रिय रहेका उनले आफुमा उर्जा भर्नका लागि सहयोगीहरुको सदभाव ,शुभकामना र सुभेक्षाले महत्वपूर्ण भूमिका खेलको बताएका छन।
आगामी दिनमा पनि कोरोना जितेको आत्मविश्वासलाई जनसेवामा लगाउने बताउदै उनले संक्रमण भएका व्यक्तिहरुको सबै भन्दा ठुलो औसधि भनेको सबैको सकारात्मक र सामाजिक मान्यतामा आधारित मानवीय व्यवहार रहेको बताएका छन।
उनि आसोलेसन बेडमा हुदा व्यक्त गरेको विचार :
बुढानिलकण्ठका संक्रमित भन्छन “कोरोना जितेर फेरी जनसेवामा फर्कन्छु”