कोरोना बारे केही जानकारी
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७ /महेन्द्र चालिसे
कोभिड–१९, नयां विरामीजुनमाइक्रो अर्गानिजमको उपसमूह कोरोना भाइरसको कारण सन २०१९ को अन्त्यतिर मान्छेमा देखिएको रोग हो । यो कोरोना भाइरस रोग प्रति संसारकै महामारीको रुपमा ध्यानाकर्षण भैरहेको छ । संसारका प्रायः सबै देशमा यस्को इन्फेक्सन दर दिनका दिन वृद्धि भएर गैरहेछ । मान्छेहरु हातधुने स्यानीटाइजर, मुख छोप्ने मास्कलगायत दैनिकआवश्यकताको सामानहरु खरिद गर्न तछाड मछाड गरिरहेछन् । त्यसैगरी सभा सेमिनार सांस्कृतिक कार्यक्रमवन्द गर्नु लगायत सार्वजनिक यातायात चढ्न डराउने र खोक्ने मान्छेहरु संग चार हात पर तर्कने गर्न थालेका
छन् ।
जवकि यो कोभिड–१९ गम्भिर स्वास्थ्य समस्या त हो नै, तर कति कुरा चाहिं गलत सूचनाको कारण पनि जटिल बनिरहेछ ।
यो नयाँ कोरोना भाइरस के हो त ?
यो कोरोना भाइरस माइक्रो अर्गानिज्म “भाइरस या व्याक्टेरिया या फंगस”को उपसमूह हो । यो सामान्य हेर्दा साधारण रुघाखोकी जस्तै हो । यो भाइरस सन् २०१९ को अक्टोवर तिर पत्ता लागेको हो भनिन्छ । यो २०१९ मा पत्तालागेको कोरोना भाइरस जिवित बस्तुबाट प्रकट भएको भनाइ छ ।
यो कोभिड–१९ हामिले बुझेर जाने भन्दा केही फरक, केहीगम्भिर र बढी सरुवा खालको छ, जस्लाई अहिले सम्म कसैले अनुमान लगाउनै सकेको छैन ।
यो कसरी फैलन्छ त ?
पहिला त यो कोरोना भाइरस फैलने सबैभन्दा भरपर्दो माध्यमभनेकै श्वासप्रश्वास कृया हो ।
यदी कोही मान्छे खोकिरहेछ भने उस्ले खोक्दा मुखबाट निस्किएको छिटाले उस्को छ फीट वरिपरि बस्ने मान्छेलाई सार्न सक्छ । तर एउटा कुराचाहिं अझैँ प्रष्टिएको छैन कि यो कोरोना नामकभाइरस खुला सतहमा कति लामो समय सम्म जिवीत रहन्छ र यस्को असर कति सम्म हुन्छ ? तर यो चाहिं निश्चित छ कि यदी कुनै सामान, स्थान जस्लाई धेरै मान्छेले छोएका हुन्छन्, त्यस्तो स्थानमा अथवा त्यस्ता बस्तु छुँदा पनि सरिरहेको हुन्छ ।
यदी कसैले त्यस्तो वस्तु, छोएको छ र उस्ले आफ्नो नाक, मुख, आंखाआदि छोयो भने चाहिँ ऊ पक्कै कोरोना सर्ने बाटोमा गयो भनेर जाने हुन्छ ।
यसबाट बच्ने कसरी त ?
यदी कोराना भाइरस बाट वच्ने उत्तम हतियार चाहिं के हो त भनेर सोध्यो भने निर्विकल्प सच्चा हतियार भने “हातधुनु” नै हो । यदि कोरोना भाइरसबाट बच्नलाई सावुनपानीले हातधुंदैछ भने १५ देखि २० सेकेण्ड हातमिचेर धुनुपर्दछ अथवा कसैले स्यानीटाइजर प्रयोग गरेको छ भने कमसेकम त्यो स्यानीटाइजरमा ६०% प्रतिशत अल्कोहल हुनुपर्दछ ।
कोराना भाइरसबाट वच्ने अन्य उपाय भनेको चाहिं भिडभाडमा या सार्वजनिक स्थलहरुमा नजाने, अनावश्यक यात्रा नगर्ने, र अर्को आवश्यक कुरा भनेको शरीरलाई यथेष्ट आराम दिने नै हो ।
अर्को मुख्य कुरा भनेको शरीरको प्रतिरोधात्मक शक्ति कायम राख्ने नै हो । पर्याप्त सुताई, आराम गराई, दिमागलाई दवावमुक्त राख्ने, मानसिक स्वास्थ्यमा विचलन आउन नदिने, यदि कुनै कुराको औषधी सेवन गरिरहेको छ भने त्यस्लाई नियमित गर्ने नै र तनावमुक्त रहने । यसरी आफ्नो शरिरको प्रतिरोधात्मक शक्ति कायम गर्न सकिन्छ ।
टि–सेल काउन्ट उच्च छ भने उस्को सेता रक्तकोष सकृय रहन्छ जस्ले शरिरको प्रतिरोधात्मक शक्ति उच्च राख्न मद्दत गर्छ तव कोभिड–१९ अर्थात कोरोना भाइरस मात्र हैन अन्यकुनै पनि भाइरसले उस्लाई असर गर्न सक्तैन ।
फेस मास्क?
सांच्चै भन्ने हो भने वास्तवमा कसैले पनि भन्न सक्तैन कि फेसमास्क प्रयोग गरेमा कोरोना भाइरसले हमला गर्न सक्तैन भनेर । विशेषत अहिले बजारमा पाइने फिल्मि स्टाइलका फेस मास्क र औषधी पसलमा पाइने मास्क ।
हो कोइ सामान्य ज्वरो, रुघा, खोकी अथवा श्वास प्रश्वास पिडाबाट पिडित छ भने उस्ले लगाएको मास्कबाट अरुलाई सर्नबाट बचाउँछ ।साँच्चै भन्ने हो भने यो कोरोना भाइरस हौवा बढी भएको आभास भइरहेछ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक