जन्मदिनको अवसरमा एनटिए अध्यक्ष अशोक खड्का द्वारा मृगौला पिडितलाइ सहयोग

जन्मदिनको अवसरमा एनटिए अध्यक्ष अशोक खड्का द्वारा मृगौला पिडितलाइ सहयोग

कपन अनलाइन

काठमाडौं, जेठ १६ । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले आफ्नो जन्म दिनमा मृगौला पिडित  राजन श्रेष्ठलाई बुधबार आर्थिक र खाद्यान्न सहयोग गरेका छन् ।कागेश्वरी मनोहरा नगरपालिका वडा ४ सिम्खडा गाउँका श्रेष्ठलाई १८ हजार नगद र खाद्यान्न सहयोग गरेका हुन् । उनले बिभिन्न सहयोगी दाता बाट संकलित रकममा आफ्नो व्यक्तिगत रकम समेत थपेर सहयोग गरेका हुन्।

 सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका उप प्रमुख बिन्दु सिंखडा पुडासैनीको पनि उपस्थिति रहेको थियो । कमजोर  आर्थिक अवस्थाका कारण श्रेष्ठले आफ्ना तीन सन्तानलाई विद्यालय समेत पठाउन सकिरहेका छैनन् । उनीहरुको पठनपाठनको निरन्तरताका लागि पहल गर्ने उप प्रमुख बिन्दु सिंखडा पुडासैनी प्रतिबद्धता जनाएकी  छिन् । बुधबारै अशोकले विभिन्न ४ प्रहरी प्रभागमा मास्क पनि वितरण गरे ।

कोरोना भाइरस (कोभिड– १९) रोकथाम र नियन्त्रणका लागि ‘फ्रन्टलाइन’ मा खटिएका सुन्दरीजल, माकलवारी, साँखु र काँडाघारी महानगरीय प्रहरी प्रभागमा कार्यरत सुरक्षाकर्मीहरुलाई एन ९५ मास्क र सर्जिकल मास्क वितरण गरिएको हो । चार प्रहरी प्रभागमा जम्मा ८४ थान एन ९५ मास्क र १ सय ४४ थान सर्जिकल मास्क वितरण गरिएको अशोकले जानकारी दिए । सो अवसरमा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, नकपा  वडा ७ का अध्यक्ष अमरचन्द्र बोहरा, तेक्वान्दो खेलाडी पुष्पप्रसाद गौतमको पनि उपस्थिति रहेको थियो ।

मास्क को लागि   नेपाल तेक्वान्दो सघका केन्द्रिय उपाध्यक्ष भानु चन्द  समाजसेवि ब्यबसायी उत्तम खड्का , प्रभु बैंक  बौद्धका श्री खड्का  नेकपाका नेता अमर चन्द बोहोरा  सहित आफ्नो व्यक्तिगत सहयोगमा मास्क सहयोग गरेका हुन्  त्यस्तै अशोकले गोकर्ण मन्दिर हातामा रहेका बादर, चराचुरुगी र कुकुरलाई आहारा पनि खुवाएका थिए  ।

तपाइँको प्रतिक्रिया ।