गोकर्णेश्वर ७ का संक्रमित परिवारको रिपोर्ट नेगेटिभ
कपन अनलाइन
काठमाडौं,जेठ १५। गोकर्णेश्वर नगरपालिका वडा नं ७ शिवचोक कोरोना संक्रमित परिवारका दुइजनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ। संक्रमितका आमा तथा श्रीमतीको नमुना संकलन गरि पठाएकोमा उनीहरुको पिसिआर नतिजा नेगेटिभ आएको गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
ग्रान्डी अस्पतालका कर्मचारी समेत रहेका गोकर्णेश्वर ७ शिवचोकका ३५ बर्षीय संक्रमित पुरुष हाल आइसोलेसनमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नगरपालिकाले जनाएको छ ।संक्रमित फेला परे संगै नगरपालिकाले कन्ट्याक्ट ट्रेसिंगको कार्य अघि बढाएको थियो भने संक्रमित फेला परे संगै त्रसित बनेको उक्त क्षेत्र शिल गरिएको थियो ।नतिजा नेगेटिभ आए पछि उक्त क्षेत्रको शिल खोलिएको वडा अध्यक्ष केशब गुरुङले बताए। उनले सिल खोलिएपनि सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको बताए उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन अनुरोध गरिएको पनि बताए, साथै सामाजिक दुरी कायम गर्न पनि अनुरोध गरिएको बताए ।