कागेश्वरी ३ निवासी घरबार बिहिन ब्यक्तिलाइ घर निर्माणको लागि लायन्स द्वारा आर्थिक सहयोग
कपन अनलाइन
काठमाडौं,जेठ १५। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ भद्रबास निवासी आर्थिक रुपले बिपन्न राम प्रसाद नगरकोटीलाई घर निर्माणको लागि आज आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त व्यक्तिलाई सहयोग गर्नको लागि लायन्स क्लब्स इन्टरनेशनल डिस्टृक्ट ३२५ ए १ नेपालका ग्लोबल सर्भिस टीम (जिएसटी) डिस्ट्रिक कोअर्डिनेटर तथा लायन्स क्लब अफ काठमाडौं राइजिङ सनका पुर्व अध्यक्ष लायन रमेश लामा ले सहयोग को लागि गरेको आव्हान अनुसार संकलित रकम रु ३८०००/- (अठ्तीस हजार रुपैयाँ) आज सम्बन्धित ब्यक्तिको घर निर्माण स्थल मै पुगी हस्तान्तरण गरिएको छ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का पुर्व गभर्नर लायन कुमारराज सुबेदी र राइजिङ सनका अध्यक्ष लायन द्वारिका श्रेष्ठले सम्बन्धित व्यक्तिलाई रकम हस्तान्तरण गरेका हुन ।उक्त कार्यक्रममा कागेश्वरी मनोहरानगरपालिका वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी वडा सदस्य सुनकुमार नगरकोटी सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
लायन लामाको आव्हान बमोजिम संकलित रकम सम्बन्धित ब्यक्तिलाइ हस्तान्तरण गरिएको हो। जसमा पुर्व गभर्नर लायन कुमारराज सुवेदी , लायन्स क्लब अफ काठमाडौं राइजिङ सनका सम्पुर्ण सद्स्य जहरु, आलापोट घर भइ अमेरिका निवासी जयराम खड्का, लायन्स क्लब अफ काठमाडौं धापाखेलका संस्थापक अध्यक्ष लायन दीपेन्द्र सिंखडा, लायन्स क्लब अफ सुन्दरीजलका संस्थापक अध्यक्ष लायन वीर बहादुर लामा र स्थानीय समाजसेवी रामकृष्ण भण्डारी लगायतले रकम सहयोग गरेको लायन रमेश लामाले कपन अनलाइन लाइ जानकारी गराए।
यस अघि लायन रमेश लामाले भद्रबास निवासी उक्त व्यक्तिको २०७२ सालको महाभूकम्पले गर्दा भएको कच्ची घर समेत भत्किएको र उनलाइ आफ्नो ८ जनाको परिवार पाल्न समेत आर्थिक अवस्थाको कारण समस्यामा परेको जानकारी गराएका थिए ।घर भत्किए पछि अर्काको घरमा शरण लिएका उनि भक्तपुर इट्टा भट्टमा काम गरि गुजारा गर्दै आएका थिए तर लक डाउनको कारण काम बिहिन भएको बेलामा शरण लिएको घर पनि घरधनीले बिक्रि गरिदिए पछि आफु बस्दै आएको घर समेत छाड्नु पर्दा बास बिहिन अवस्था आएको रराहतमा प्राप्त खाद्यान्नले जसो तसो जिवन गुजरा चलाउदै आएका उनले आफु संग भएको सानो जग्गामा टहरो निर्माण गर्नको लागि प्रयास गरे पनि आर्थिक अवस्थाको कारण निर्माण सामग्री किन्न समेत नसक्ने भएको हुँदा बर्षातको समयमा ओत लाग्ने झुपडी बनाउन सहयोग गरिदिन गरेको अनुरोध अनुसार संकलित रकम सम्बन्धित ब्यक्तिलाइ हस्तान्तरण गरेको बताए । उनले आफुले गरेको अनुरोध लाइ स्वीकार गरि सहयोग गर्ने सम्पूर्ण दातालाइ धन्यबाद दिएका छन ।