गोकर्णेश्वर -४ मा कोरोना संक्रमितका परिवारको PCR नतिजा नेगेटिभ

गोकर्णेश्वर -४ मा कोरोना संक्रमितका परिवारको PCR नतिजा नेगेटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कोरोना संक्रमण देखिएका व्यक्तिको परिवारका सदस्यहरुको PCR रिपोर्ट नेगेटिभ आएको छ। सो व्यक्तिमा कोरोना संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएका ७ जना परिवारका सदस्यको स्वाव संकलन गरि परिक्षण गरिएको थियो।

एक व्यक्तिमा संक्रमण देखिए संगै उनको सम्पर्कमा आएका विभिन्न व्यक्तिहरुको ट्रेसिंग गरेर परिक्षण अगाडी बढाउन सो क्षेत्रलाई सिल गरेर तथ्यांक संकलन गरिएको थियो।

परिवारका सदस्यको परिक्षण डेढ वर्षे वालिका सहित  अन्य ६  जनाको नतिजा नेगेटिभ आए संगै सो क्षेत्रमा देखिएको त्रास मथ्थर बनेको छ भने वडाले पनि सो क्षेत्रमा लगाएको बन्देज १५ गते पछी खुकुलो बनाउने तयारी गरेको छ।

तपाइँको प्रतिक्रिया ।