श्री सिद्धि गणेशको मन्दिर कागेश्वरी मनोहरा न- ९ काँडाघारीको प्राणप्रतिष्ठा गरियो

श्री सिद्धि गणेशको मन्दिर कागेश्वरी मनोहरा न- ९ काँडाघारीको प्राणप्रतिष्ठा गरियो

कपन अनलाइन

काठमाडौं जेठ १३

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ काँडाघारीमा श्री सिद्धि गणेशको मन्दिरको  प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा श्री सिद्धि गणेशको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको हो।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, वडा नं. ९ का अध्यक्ष कुन्दन खड्का, वडा सदस्य एवम् काँडाघारी टोल सेवा समाजका अध्यक्ष डोलनाथ पोखरेल, सचिव केशवराज आचार्य, कोषाध्यक्ष रबिन्द्र ढुंगाना, वडा नं.९ महिला सञ्जालका अध्यक्ष भागिरथी पन्थ लगायत काँडाकागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ काँडाघारीमा रहेको सार्वजनिक जग्गामा काँडाघारी टोल सेवा समाजको पहलमा सो मन्दिर निर्माण गरिएको अध्यक्ष डोलनाथ पोखरेलले जानकारी दिएका छन।

सो अवसरमा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण र राहत बितरणको क्षेत्रमा सक्रिय भएर कार्य गरिरहेको बताउदै नगरपालिकाले नगरमा भएका प्राकृतिक तथा ऐतिहासिक मठ मन्दिरहरुको संरक्षणमा पनि विशेष ध्यान दिएको बताएका छन ।

वर्तमान संकटपूर्ण अवस्थामा पनि नगपालिकाले विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताउदै नगर प्रमुख थापाले नगरमा भएका धार्मिकस्थलहरुको संरक्षण र सम्बर्द्धनका लागि नगरपालिकाले पहल गरिरहेको पनि जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।