काठमाडौं महानगरपालिका वडा नं  १० बानेश्वरमा ५० जनाको स्वाव संकलन

काठमाडौं महानगरपालिका वडा नं  १० बानेश्वरमा ५० जनाको स्वाव संकलन

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १२।

काठमाडौं  महानगरपालिका  वडा नं  १० बानेश्वर फुलचोकी मार्गमा  कोरोना संक्रमण भएका विरामीको सम्पर्कमा भएका ५० जनाको नमूना संकलन गरिएको छ ।

जसमध्ये प्रत्यक्ष सम्पर्कमा रहेका  ४० जनाको पिसिआर र अप्रत्यक्ष सम्पर्कमा रहनुभएका १० जनाको आरडिटि बिधिबाट नमूना लिइएको महानगरका वरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओलीले जानकारी दिएका छन  ।

जेठ २ गते गरिएको परीक्षणमा नतिजा पोजेटिभ आए पछि सो क्षेत्रका  बिरामीलाई ७ गते उपचारका लागि अस्पताल लगिएको थियो भने ति व्यक्ति  बस्ने घरसहित ३ वटा घरमा बस्ने परिवारलाई घरभित्रबाहिर आउन जान रोक लगाएर निगरानी गरिएको थियो ।

निगरानीमा राखिएका परिवारकालागि आवश्यक पर्ने खाद्यान्न, पानी, मास्क र स्यानिटाइजरको व्यवस्था गरि  स्थानीयलाई त्रसित नहुन तर सचेत हुन अनुरोध गरेको वडा १० का अध्यक्ष रामकुमार केसीले जानकारी दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।