बुढानिलकण्ठ -३ का वडावासीहरुमा अनुरोध सामाजिक अभियन्तालाई उर्जा दिउ :बालकृष्ण श्रेष्ठ
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १२।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले वडाका एक व्यक्तिमा संक्रमण देखिए संगै त्रसित बनेका वडावासीहरुलाई विशेष अनुरोध गरेका छन।
दुश्मनका विरुद्ध धावा बोल्दै रणभूमिमा निस्केका योद्धालाई गोलीका छर्राले छोएर जाँदा आत्तिनु पर्ने स्थिती नरहेको भन्दै अध्यक्ष श्रेष्ठले सामाजिक अभियानमा लागेकाहरुलाई हतोत्साही पनि नगरी सकरात्मक सुझाव दिदै उच्च-मनोवल बढाउनका लागि आग्रह समेत गरेका छन।
अध्यक्ष श्रेष्ठको सन्देस :
वडा नं.३ मा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरुलाई विशेष अनुरोध
२०७७ ज्येष्ठ ७,८ र ९ गते बूढानीलकण्ठ नगरपालिका नगर स्वास्थ्य शाखाबाट नोवल कोरोना भाईरस ( KOVID 19 ) संक्रमित भए नभएको परीक्षण RDT माध्यमबाट महिला १३२ जना पुरुष ३३० जना समेत गरि ४६६ जना र PCR माध्यमबाट १०१ जना को गरिएको थियो।
जस मध्ये RDT मा ८ जना महिला र २४ जना पुरुष गरि ३२ जनामा पोजिटिभ देखिएको थियो भने ४३४ जना नेगेटिभ देखिएको छ। नेगेटिभ देखी एकाहरु PCR गर्दा पोजिटिभ देखिन सक्ने भएकोले सबै परीक्षण गरेकाहर ढुक्क हुने स्थिती छैन र RDT मा पोजिटिभ देखिएकाहरु नेगेटिभ समेत हुने भएकोले आत्तिनु पर्ने अवस्था पनि हैन।
यदि कोरोना संक्रमित भई हाले पनि आत्तिनु पर्ने ,डराउनु पर्ने,छि छि दुर दुर गर्नुपर्ने देखिंदैन। सामाजिक अभियानमा लागेकाहरुलाई हतोत्साही पनि नगरौं,सकरात्मक सुझाव दिऔं,उच्चमनोवल बढाऔं।
यसर्थ यसले हामीलाई थप शिक्षा दिएको छ। दुश्मनका विरुद्ध धावा बोल्दै रणभूमिमा निस्केका योद्धालाई गोलीका छर्राले छोएर जाँदा आत्तिनु पर्ने स्थिती हैन।
अब सचेत भएर लड्न जरुरी छ। कोरोना भाईरस विरुद्ध कुनै खोप बनेको छैन। कुनै औषधि पनि बनेको छैन। यसको अत्त्युत्तम उपाय भनेको लक डाउन नै हो। अत:अत्यावश्यक काम बाहेक घर बाट ननिस्कौं..घर मै सुरक्षित रहनुहोस। .