लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को ८ औं महाधिवेशन सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद :डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन)

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को ८ औं महाधिवेशन सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद :डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन)

कपन अनलाइन

काठमाडौं, जेठ १२। लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशन सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई डिस्ट्रिकका  गभर्नर लायन इन्द्र खत्री राजनले सबैलाई सामाजिक संजाल मार्फत धन्यवाद ज्ञापन गरेका छन। कोरोना प्रकोपका कारण लकडाउनको अवस्थामा लायन वर्ष २०२०/२१ का लागि ई-भोटिंग मार्फत मतदान भएको थियो।उनले उक्त कार्यक्रम सफलता पुर्वक सहयोग गर्न सहयोग गर्ने सबैलाई सामाजिक संजाल बाट धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले लेखेका छन:

आदरणीय,GAT Area Leader, GST Multiple Coordinator, IPDG, VDGs, PMCCs, PDGs, Cabinet Secretary, Cabinet Treasurer, चिफ एरिया को-अर्डिनेटर, ब्रान्ड एम्बेस्सडर, चिफ सेक्रेटेरियट, चिफ काउन्सिलर, चिफ एओजी, GLT, LCIF, GST, WF , GMT, स्पेसियल एड्भाइजर, एरिया चिफ, विभागीय चिफ, सिनियर एड्भाइजर, एड्भाइजर, को-चिफ, एडिसनल क्याबिनेट सेक्रेटरी, एरिया को-अर्डिनेटर, डिस्ट्रिक्ट लियो को-अर्डिनेटर, एओजी, रिजन चेयर पर्सन जोन चेयर पर्सन, डिस्ट्रिक्ट चेयर पर्सन, क्लब अध्यक्ष तथा पदाधिकारीज्युहरु, लायन्स साथीहरु, लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट एबम लियो भाइ बहिनी ।

डिस्ट्रिक्ट ३२५ ए १, नेपाल
कोभिड-१९ का कारण मुलुकले लकडाउनको सामना गरिरहेको विषम परिस्थितिका बीच हामी पुर्व निर्धारित समयमै डिस्ट्रिक्टको आठौँ महाधिबेशन हजुरहरुको साथ र सहयोग कै कारण सम्पन्न गर्न सफल भएका छौं । डिस्ट्रिक्टको इतिहासमा पहिलो पटक प्रबिधिको प्रयोग गरिएको यो महाधिबेसन भब्य र सभ्य रुपमा सम्पन्न भएको हामी सबैले अनुभूत गरेका छौं । प्रबिधिको प्रयोग गरेर महाधिबेशन सम्पन्न गर्न सकिएला कि नसकिएला भन्ने एक किसिमको अन्योलता हामीबीच छदै थियो तर हजुरहरुले हामीप्रति दर्शाउनु भएको अटुट बिश्वास एबम साथ र सहयोगका कारण ति सबै अन्योलतालाइ चिर्दै भब्य रुपमा आठौँ महाधिबेशन सम्पन्न गर्न सफल भएका छौं ।

हामीले यो आठौँ महाधिबेशनलाइ इन्टरनेशल कन्भेन्सनको झझल्को दिने गरि नेपाली लायन्सवादको जन्मभुमि बिराटनगरमा भब्य रुपमा सम्पन्न गर्ने अभिलाषा राखेका थियौं र सोहि अनुरुपको तयारी पनि भइरहेको थियो तर यो विषम परिस्थितिका कारण हाम्रो अभिलाषा अनुरुप महाधिबेशन सम्पन्न गर्न नपाउदा मन केहि खल्लो भए पनि हजुरहरुको उत्साहजनक सहभागिताका कारण हाम्रो अभिलाषाले केहि मात्रामा भए पनि सार्थकता प्राप्त गरेको हामीले अनुभूत गरेका छौं।

प्रबिधिको प्रयोग गरेर महाधिबेशन सम्पन्न हुन्छ भन्ने कल्पना समेत नगरेको हामीले छोटो समयको तयारीमा इलेक्ट्रोनिक भोटिङ्ग सिस्टमबाट निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय पक्कै पनि सजिलो निर्णय थिएन। तथापी हामीसंग अर्को कुनै विकल्प पनि त थिएन र हाम्रो छोटो समयको तयारीमा प्रबिधिको प्रयोग गरेर महाधिबेशन गर्ने अनि इलेक्ट्रोनिक भोटिङ्ग सिस्टमबाट निर्वाचन गर्ने भन्ने हाम्रो प्रस्ताब PDG मिटिंग अनि बिशेष क्याबिनेट मिटिंगबाट सर्वसम्मत रुपमा पारित भए पछि हामी केहि उत्साहित भएका थियौं। तथापी यो महाधिबेशन सम्पन्न हुनुमा हजुरहरुको उत्साहजनक साथ र सहभागिता नै महत्वपूर्ण थियो। महाधिबेशनको पूर्वार्द्धमा हामीलाई निरन्तर मार्ग दर्शन एबम हौसला प्रदान गर्नु हुने हाम्रा गौरब, देशका नेता, पुर्व इन्टरनेशनल डायरेक्टर संजय खेतान ज्यु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं।

आठौँ महाधिबेशन तयारीको बारेमा निरन्तर चासो र चिन्ता ब्यक्त गर्दै हामीलाई घचघचाई रहनु हुने एरिया लिडर, हाम्रा डिस्ट्रिक्टका धरोहर खगेन्द्र सिटौला, निबर्तमान गभर्नर अनन्त प्रसाद भेटुवाल, भाइस गभर्नरद्वय टंक बहादुर श्रेष्ठ एबम रेवत बहादुर कार्कीको निरन्तर साथ र सहयोग प्रति हामी हृदयदेखि नै आभार ब्यक्त गर्दछौं। त्यसै गरि हाम्रा अभिभावक पुर्व काउन्सिल चेयरपर्सन ज्युहरु तथा पुर्व गभर्नर ज्युहरुको निरन्तर मार्ग दर्शन एबम हौसलाप्रति हार्दिक आभार ब्यक्त गर्दछौं । महाधिबेशन सम्पन्न गर्न अहोरात्र खट्नु हुने क्याबिनेट सेक्रेटरी बिकाश अधिकारी, क्याबिनेट ट्रेजरर धिरज गुरुङ, एडिसनल क्याबिनेट सेक्रेटरी बिमल श्रेष्ठ र ज्वाइण्ट क्याबिनेट सेक्रेटरी गजेन्द्र दाहाल प्रति हार्दिक आभार ब्यक्त गर्दछौं। महाधिबेशन सम्पन्न गर्न डिस्ट्रिक्टले दिएको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्नु हुने सम्पूर्ण कमिटिका चेयरपर्सन एबम सदस्यज्युहरुप्रति धन्यवाद ज्ञापन गर्दछौं।

महाधिबेशनलाइ भब्यरुपमा सम्पन्न गर्न अहोरात्र मेहेनत गर्नु हुने कन्भेनर रिशभ दाहाल ज्यु, होस्ट क्लब लायन्स क्लब अफ बिराटनगर डायनोका अध्यक्ष तथा को-कन्भेनर राजन भगत ज्यु मार्फत होस्ट क्लब परिवारप्रति तपाईहरुको सक्रियरुपमा भएको सहयोग प्रति हार्दीक धन्यवाद ज्ञापन गर्दछौं । प्राबिधिक होस्ट क्लब लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलका अध्यक्ष सन्दिपदास श्रेष्ठ ज्यु मार्फत लायन्स क्लब अफ बिराटनगर सेन्ट्रल परिवार प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यसै गरि इलेक्ट्रोनिक भोटिङ्ग सिस्टमबाट निर्वाचन सम्पन्न गर्न हामीलाई प्रबिधि उपलब्ध गराउनु हुने लायन्स क्लब अफ काठमाडौँ पशुपतिनाथका अध्यक्ष डा पवन कुमार शर्मा एबम उहाँको टिम प्रति हार्दिक आभार एबम धन्यवाद ज्ञापन गर्दछौं। निर्वाचन प्रकियालाइ सहज र सरल बनाउन समयमै क्रिडेन्सियल फर्म उपलब्ध गराई सहयोग गर्नु हुने क्लब अध्यक्ष तथा परिवार प्रति धन्यवाद ज्ञापन गर्दछौं।

सम्पूर्ण सिनियर क्याबिनेट अफिसर ज्युहरु, सम्पूर्ण एड्भाइजर ज्युहरु तपाईहरुकै साथ, सल्लाह र सुझाबका कारण यो महाधिबेशन सम्पन्न गर्न सकियो। क्लब तथा लायन्स साथीहरुसंग प्रत्यक्ष सम्पर्कमा रही महाधिबेशनमा सहभागी हुन लायन्स साथीहरुलाई मोटिभेसन गर्नु हुने सम्पूर्ण क्याबिनेट अफिसरज्युहरु, डिस्ट्रिक्ट चेयरपर्सन ज्युहरु प्रति धन्यवाद ज्ञापन गर्दछौं। महाधिबेशनलाइ भव्यरुपमा सम्पन्न गर्न उत्साहजनक रुपमा सहभागिता जनाउनु हुने सम्पूर्ण लायन्स साथीहरु, लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट तथा भाइबहिनि एबम उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु, पत्रकार बन्धुहरु प्रति हार्दिक आभार साथ धन्यवाद ज्ञापन गर्दछौं।धन्यवाद। जय लायन्सवाद।
लायन इन्द्र खत्री राजन
डिस्ट्रिक्ट गभर्नर
३२५ ए १

तपाइँको प्रतिक्रिया ।