कोरोना संक्रमित देखिएपछि काठमाडौंको मैतिदेवी क्षेत्र सिल

कोरोना संक्रमित देखिएपछि काठमाडौंको मैतिदेवी क्षेत्र सिल

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ७।

कोरोना संक्रमित देखिएपछि काठमाडौंको मैतिदेवी क्षेत्र सिल गरिएको छ।

बुधवार मौतिदेवी क्षेत्रमा बस्ने एक जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित बस्ने मैतिदेवी प्रहरी बिटको अगाडिको  करिब एक सय मिटरभित्रको दूरी सिल गरिएको हो। सो आपसपासका क्षेत्रमा पनि आवातजावातमा कडाइ गरिएको छ।  त्यस्तै यस संगै कोरोना संक्रमण भएका रामेछाप बाट आएका युवा संग सम्पर्कमा आएका व्यक्तिहरुको खोजि तीव्र पारिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवामा पोजेटिभ देखिएको हो।

तपाइँको प्रतिक्रिया ।