बुढानीलकण्ठ -नं १३ चुनिखेल बाट वेवारिसे वृद्धको उद्दार

बुढानीलकण्ठ -नं १३ चुनिखेल बाट वेवारिसे वृद्धको उद्दार

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित गणेश मन्दिरमा एक वृद्धलाई उद्दार गरिएको छ । जेष्ठ ५ गते  दिनको करिब १२ /१ बजे देखि उक्त व्यक्ति वडा नं १३ को गणेश मन्दिर अगाडी बसिरहेको अवस्थामा भेटिएका उनलाई स्वास्थ्य परिक्षण गरि मानव सेवा आश्रम बालाजु पठाइएको छ ।

कुनै पनि परिचय खुल्ने कागजात नभएका ति ८६ वर्षीय व्रिधको RDT परिक्षण गरि सुरक्षित स्थानमा व्यवस्थापन गरिएको वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठले बताएका छन।वडाको टुपेक गणेश मन्दिरमा भेटिएका उनलाई प्रहरीको सहयोगमा उद्दार गरिएको जानकारी दिदै अध्यक्ष श्रेष्ठले  उनि सुरक्षित रहेको जानकारी दिएका छन।

उक्त व्यक्ति भेटिएको खबर संगै पुगेको  महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको  टोलीले वडाको समन्यवयमा  आर.डि.टी परिक्षण पश्चात् मानवसेवा आश्रम लागिएको  प्रभागका प्रमुख प्रहरी निरीक्षक  भुपेन्द्र गिरीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।