बागमती प्रदेस सरकारको पहिलो प्राथमिकता सुरुंग मार्ग ,जेष्ठ १२ गते संसद बोलाउने तयारी

बागमती प्रदेस सरकारको पहिलो प्राथमिकता सुरुंग मार्ग ,जेष्ठ १२ गते संसद बोलाउने तयारी

कपन अनलाइन

हेटौडा ,जेष्ठ ६।

बागमती प्रदेस सरकारको मन्त्रि परिषदको बैठकले यहि जेष्ठ १२ गते दिनको २ बजे  पदेस सभा  बैठकको आव्हान गर्नका लागि प्रदेस प्रमुख समक्ष प्रस्ताव  गर्ने निर्णय गरेको छ। जेष्ठ ५ गते बसेको बागमती प्रदेस सरकारको मन्त्रि परिषदको बैठकले उक्त निर्णय गरेको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका वारेमा छलफल गरिने उक्त आधिवेसन गर्नका लागि सभा हल निरीक्षण पश्चात आव्हान गर्ने निर्णय उक्त मन्त्रि परिषदले गरेको हो ।

त्यस्तै सोह बैठकले बागमती प्रदेसका मुख्यमन्त्रि डोरमणि पौडेलले वारम्वार आफ्नो स्वप्न योजनाका रुपमा अगाडी सार्दै आएको मदन भण्डारी मार्ग (बल्खु -दक्षिणकाली -छैमले -सिस्नेरी -कुलेखानी -भैसे ) को कुलेखानी -भीमफेदी खण्डमा बन्ने पोस्ट बहादुर बोगटी सुरुंग मार्गलाई संघीय सरकार संगको सह लगानीमा  निर्माण गर्नका लागि प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ।

कुल   ३.२१७ किमी लम्बाई रहेको उक्त सुरुंग मार्गलाई ४ वर्ष भित्र २०८१ असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले जानकारी दिएका छन।

प्रदेस सरकारको आगामी बजेटको पहिलो प्राथमिकतामा राखेर रास्ट्रिय योजना आयोग संग बजेट मागिएको उक्त योजनाको आर्थिक श्रोत व्यवस्थापनका लागि  बागमती प्रदेस सरकारले सघन छलफल गरिरहेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।