नेपाल मेडिकल कलेज लाइब्रेरी विभाग प्रमुख निला मल्लको नयाँ जिवन नेपाललाई सहयोग

नेपाल मेडिकल कलेज लाइब्रेरी विभाग प्रमुख निला मल्लको नयाँ जिवन नेपाललाई सहयोग

कपन अनलाइन

काठमाडौं जेठ ४ ।

नेपाल मेडिकल कलेज लाइब्रेरी विभागका प्रमुख निला मल्लले नयाँ जिवन  नेपाल सस्थालाई आर्थिक सहयोग गरेकी छिन ।

ठमेल भगवान वहाल निवासी निला मल्लको आमा स्नेह लक्ष्मी प्रधानको ८९ वर्षको उपलक्ष्यमा भोज प्रयोजनको लागि छुटयाइएको रकम रु ५० हजार  रुपैया नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकरीको पहलमा गोकर्णेश्वर नगरपालिका वडा ६ मा रहेका नयां जिबन नेपाल सस्थाका बौधिक अपङ्गता भएका बालबालिकाको लागी आज सहयोग गरेकी हुन् ।

आज भएको रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी , गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम एबम वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष रमेश अर्याल, नेपाल मेडिकल कलेज लाइब्रेरी विभागका प्रमुख निला मल्ल, नेपाल, नयां जिबन नेपाल सस्थाका अध्यक्ष राजन खनाल , उपध्यक्ष धर्म थिङ तामाङ , समाज सवी कृष्ण कुमार चालिसे लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

सो  संस्थाका  अध्यक्ष राजन खनालले विषम परिस्थितिमा सहयोग गरेकोमा संस्थाको तर्फ बाट धन्यवाद दिदै आगमी दिनमा पनि सहयोगको अपेक्षा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।