बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोककी एक युवतीमा RDT पोजिटिभ

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोककी एक युवतीमा RDT पोजिटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा वसोवास गर्दै आएकी एक १८ वर्षीय युवतीको RDT परिक्षण पोजिटिभ आएको छ।सर्लाही जिल्लाको रामनगर ४ स्थायी ठेगाना भएकी ति युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको उनको परिवारले जानकारी दिएको छ।लक डाउन भन्दा पहिला सर्लाही गएर १ महिना बसी करिव ३  दिन पहिला   उनीहरु काठमाडौं आएका थिए।

नतिजा पोजिटिभ आए संगै ति युवतीलाई सुक्रराज  ट्रपिकल सेन्टर टेकुमा राखिएको छ। उक्त सुचना प्राप्त भए संगै सो क्षेत्र शिल गरेर उनीहरुको सम्पर्कमा आएका लाइ पनि आइसोलेसनमा बस्ने प्रवन्ध गरिने वडा अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन।

उक्त सुचना सार्वजनिक भए संगै त्रसित बनेका स्थानीयहरुलाई सचेत रहन आग्रह गर्दै उक्त क्षेत्र र आसपासका घरहरुलाई पनि अधिकतम सुरक्षा अपनाउन आग्रह गरिएको वडा सदस्य पुरुषोत्तम नेपालले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।