बूढानीलकण्ठ नगरपालिका वडा नं.१० पञ्चकुमारी बस्ने एक महिलाको RDT परिक्षण पोजेटिभ

बूढानीलकण्ठ नगरपालिका वडा नं.१० पञ्चकुमारी बस्ने एक महिलाको RDT परिक्षण पोजेटिभ

कपन अनलाइन

काठमाडौं , जेष्ठ २।

बूढानीलकण्ठ नगरपालिका वडा नं.१० पञ्चकुमारी नजिकै घरमा बसोबास गर्ने एक महिलाको RDT परिक्षण पोजेटिभ देखिएको छ।

गर्भवती रहेकी उनको नियमित स्वास्थ जाँचको लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएकोमा उनको स्वास्थ्य अवस्था अनुसार RDT परिक्षण गर्दा पोजेटिभ देखिएको थियो। अहिले निज महिलालाई RT PCR परिक्षणको लागि पाटन अस्पतालमा राखिएको छ। भोलि साँझसम्म त्यस RT PCR परिक्षणको परिमाण आउने उनको श्रीमान् ले बताएका छन्।

उक्त स्थलमा बूढानीलकण्ठ नगरपालिका -१० का वडाध्यक्ष नवराज भट्टराई र महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक शेखर जङ्ग मल्ल प्रहरी टोली सहित उपस्थित भएका थिए। उनको परिवारका सबै सदस्यलाई रिपोर्ट नआए सम्म कतै हिंड्डुल नगर्न प्रहरीले सचेत गराएको छ।

तपाइँको प्रतिक्रिया ।