बुढानिलकण्ठ-५ मा बाहिर बाट हुने सम्पूर्ण आवतजावत बन्द

बुढानिलकण्ठ-५ मा बाहिर बाट हुने सम्पूर्ण आवतजावत बन्द

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २।

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ ले वडा भित्र बाहिर बाट हुने सम्पूर्ण आवत जावतलाई बन्द गरेको छ।

कोरोना भाइरस महामारीले सिङ्गो देशमा अनियन्त्रित रुप लिएको बेला यस क्षेत्रमा समेत मानिसहरुको आवतजावत धेरै नै भएकाले बुढानिलकण्ठ वडा नं ५ को प्रवेशक्षेत्र विष्णुमतीमा स्वयंसेवक र प्रहरी परिचालन गरेर सो कार्यको सुरुवात गरिएको वडाले जानकारी दिएको छ।  

वडा नं ५ वासीलाई  सचेतनाको साथ लकडाउनको पुर्ण पालना गर्दै वडा भित्र कोरोना नियन्त्रणको लागी सबै प्रकारको सहयोग गर्न तथा  कुनै पनि नया भित्रिने मान्छेको जानकारी दिनका लागि वडा नं ५ का अध्यक्ष विजय तामांगले अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।