मेलम्ची खानेपानी सामाजिक उत्थान कार्यक्रमको रकम सिधै खातामा पठाउन ४ स्थानीयतहको माग

मेलम्ची खानेपानी सामाजिक उत्थान कार्यक्रमको रकम सिधै खातामा पठाउन ४ स्थानीयतहको माग
कपन अनलाइन 
काठमाडौं ,बैशाख ३०/दिपक विक्रम देउजा 
सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरुले  मेलम्ची खानेपानी आयोजनाले विभिन्न समितिहरुलाई सामाजिक उत्थान कार्यक्रम अन्तर्गत आउने रकम सिधै स्थानीय तहको खातामा पठाउन आग्रह गरेका छन
मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालको अध्यक्षता हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जोन शेर्पा ,पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रमुख टासी लामा र इन्द्रावती गाउँपालिका प्रमुख वंसलाल तामाङ ताथा मेलम्ची नगरपालिका उप प्रमुख भगवती नेपाल सहितको उपस्थितितिमा भएको बैठकले हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रम ,याङ्ग्री लार्के सामाजिक उत्थान कार्यक्रम र इन्द्रावती उत्थान  कर्यक्रममा आउने रकमलाई स्थानीय तहमा पठाउनका लागि पहल गर्ने निर्णय गरेको हो। 
यी स्थानीय तह हरुमा संचालनमा रहेका विभिन्न कार्यक्रमहरुका समिति चयनमा समेत निर्वाचनको झल्को आउने गरि प्रतिस्पर्धा हुने गरेको छ। स्थानीय तहको निर्वाचन हुनु अगाडी यो समितिको नेतृत्व राजनीतिक प्रतिष्ठाको विषय बन्ने गरेको थियो भने अव स्थानीय तहले रकम आफ्नो मातहत मागे संगै नयाँ बहस शुरु भएको छ। 
 अहिले सञ्चालनमा रहेका सम्पूर्ण समितिहरु भने संस्था ऐन अन्तरगत दर्ता भएर सञ्चालनमा आएकोकाले मेलम्ची खानेपानी आयोजना  वा स्थानीय सरकारलको निर्णयले मात्रै भङ्ग नहुने हेल्मो सिन्धु सामाजिक उक्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङले बताएका छन।  स्थानीय तहहरुले निर्णय गर्दैमा स्थानीय तहको खातामा  बजेट हाल्न नमिल्ने तामांगको धारणा रहेको छ। 
निर्णय : 
तपाइँको प्रतिक्रिया ।