नगर प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोलि द्वारा काभ्रे र सिन्धुपाल्चोक जोड्ने शंखरापुर नगरपालिकाका नाकाहरु निरिक्षण

नगर प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोलि द्वारा काभ्रे र सिन्धुपाल्चोक जोड्ने शंखरापुर नगरपालिकाका नाकाहरु निरिक्षण

कपन अनलाइन

काठमाडौँ,बैशाख २९।  शंखरापुर नगरपालिकाका नगर प्रमुख सुबर्ण श्रेष्ठ द्वारा नगरपालिकाले नाकाहरुमा संचालित हेल्थ  डेस्कको अनुगमन गरेका  छन । उनले सिन्धुपाल्चोक जिल्ला जोडने चापाबोट, र चौकी भञ्ज्याङ् काभ्रे जोडिएको कात्तिके, जहरसिह पौवा, साखु र कागेश्वरी मनहरा जोडने इन्द्रायणी हेल्थ डेस्कहरुको अनुगमन गरेका हुन ।

उनि संगै उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईं लगायतको टोलीले त्यहाको अवस्थाको बारेमा जानकारी लिएका थिए।नेपाल सरकारले  केही क्षेत्रमा लकडाउन  खुकुलो बनाए संगै नाकाहरुको  बस्तु स्थितिको जानकारी लिनुको साथै आबश्यक तयारीको लागि अनुगमन गरेको नगर प्रमुख  श्रेष्ठले बताए । उपत्यका बाहिर कोरोना भाइरस संक्रमितको संख्यामा दिनानु दिन वृद्धि भैरहेको र उपत्यका बाहिर जानेहरु पनि  भट्टाभट  बिभिन्न नाका हुदै काठमाडौं प्रवेश गरेको सुचनाहरु आइरहेकोले सतर्क रहन र साबधानी अपनाउन जरुरी देखिएको उनले बताए  ।

 स्वास्थ्यकर्मीहरूले बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म गरि दुइ सिफ्टमा  डिउटी गर्ने गरेका छन ।  उक्त हेल्प डेस्कहरूमा पि.पि.इ  ज्वरो मापन गर्ने थर्मल गन र माक्स र स्यानीटाइजरको  ब्यवस्था गरिएको छ  । टाढाबाट आउने स्वास्थ्यकर्मीहरूलाइ  बस्न र खानाको  नगरपालिकाले ब्यवस्थापन गरेको  छ ।सिन्धुपाल्चोक  र काभ्रेबाट काठमाडौं  प्रवेश गर्ने  नजिकको  नाका भएकोले यि नाकाहरूबाट रातको समयमा मानिसहरु आवतजावत गर्ने गरेको स्थानीयले बताएका छन ।

यदपी नाकामा भेटिएका सुरक्षाकर्मीका अनुसार बिभिन्न बहाना बनाएर बाइकमा  ओहोरदोहोर गर्नेहरूले  हैरान बनाएका  छन । सुरक्षाकर्मीले अत्यावश्यक काममा हिडेका बहेक अरुलाईहोल्ड मा राखी  कारवाही गरे पनि मानिसहरुको हेल चेक्र्याईमा कमि आएको छैन।अहिले जिल्ला प्रशासन कार्यालकाे पास हुनेहरुलाई  मात्र जान दिइएकाे छ।केही दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंका  प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उक्त नाका तथा हेल्थ डेस्कहरुको  निरिक्षण गरी नाकाहरूमा  कडा पार्न निर्देशन दिएका थिए ।

फोटो :संखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।