कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्यकर्मीहरु उच्च मनोबलका साथ फिल्डमा खटिएका छन :लक्ष्मी कोइराला (स्वास्थ्य शाखा अधिकृत)

कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्यकर्मीहरु उच्च मनोबलका साथ फिल्डमा खटिएका छन :लक्ष्मी कोइराला (स्वास्थ्य शाखा अधिकृत)

कपन अनलाइन

काठमाडौँ,बैशाख २९।  विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । देशमा कोभिड–१९ को सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् ।

कोरोना संक्रमण हुन् नदिनको लागि अहोरात्र अग्र मोर्चामा स्वास्थ्यकर्मीहरु खटिएका छन । संकटको समयमा स्वस्थ्यकर्मीहरु बिदा नभनी काममा निरन्तर खटिरहेका छन । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा पनि स्वास्थ्यकर्मीहरु कोरोना भाइरस रोकथाम तथा नियन्त्रणआ सक्रिय भएर लागेका छन्  स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले शनिबार लगायत सार्वजनिक बिदाका दिनमा पनि निरन्तर रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइरालाले बताइन  ।

नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान भैरहेको बताउदै कोइरालाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सक्रिय भएर कार्य गरिरहेको  बताएकी छिन ।नगरका सबै स्वास्थ्य संस्थाहरुमा २४ सै घण्टा बर्थिङ सेवा सञ्चालनमा रहेको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइरालाले जानकारी गराउदै  डिउटीमा उच्च मनोवलका साथ फिल्डमा खटिरहेको र  स्वास्थ्य केन्द्र मार्फत दिने सम्पूर्ण  सेवाहरू पनि प्रदान गरि रहेको जानकारी गराइन । उनले स्वस्थ्यकर्मी हरु संग नियमित सम्पर्कमा रहेको र समय समयमा बैठक बसी कार्य गर्दै आएको जानकारी गराइन स्वास्थ्यकर्मीहरु जोखिम मोलेर  डिउटीमा खटिएको बताउदै  स्वास्थ्यकर्मीहरूको  समेत RDT जाँच गर्नु पर्ने आवश्यकता रहेको  बताएकी छिन्   ।

तपाइँको प्रतिक्रिया ।