लकडाउन खुकुलो हुदै गर्दा गोकर्णेश्वर नगरपालिका ९ मा विकास निर्माणले गति लियो

लकडाउन खुकुलो हुदै गर्दा गोकर्णेश्वर नगरपालिका ९ मा विकास निर्माणले गति लियो

कपन अनलाइन

काठमाडौँ,बैशाख २९।  लकडाउनका कारण संसार नै लगभग ठप्प छ । नेपालमा पनि कोरोना संक्रमणबाट सचेत रहन सरकारले लक डाउन लम्ब्याएसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी  संचारकर्मी तथा अत्यावश्यक सेवाका बाहेक सरकारका अन्य अवयव नै लगभग निस्क्रिय छ । यस्तो बेला सडक निर्माण, विकासका पूर्वाधारका काम  समेत पूर्ण रुपमा अघि बढिरहेको छैन ।

तर  गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा भने फरक रहेको छ ,विकास निर्माण गर्न चाहे लकडाउन र कर्फ्युले पनि  फरक पार्दैन रहेछ । वश विकास निर्माणको काममा इच्छाशक्ति हुनुपर्छ । दृढ इच्छाशक्ति भयो भने काम गर्न कुनै आइतबार कुर्नु पर्दैन भन्ने भनाइलाइ यथार्थमा परिणत गरिएको छ ।

लकडाउनको अवधिमा समेत स्थानीयको सहयोगमा विकास निर्माणमा सक्रिय रहेकको गोकर्णेश्वर नगरपालिका ९ मा लकडाउन खुकुलो हुदै गर्दा विकास निर्माणका कामले गति लिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९को सहयोग तथा भगवती युवा क्लब सहित स्थानीयको सहयोगमा लकडाउनमा पनि  सामाजिक दुरी कायम गर्दै शिबपुरी चोक देखि  शंखडोल चोक सम्म को मूल सडकका दायाँ बायाँ ड्रेन ढल जाम नहोस भनेर सो क्षेत्रमा सरसफाई सहित ढल जाम खोल्ने काम गरिएको छ । वडा अद्यक्ष राजिब थापा,वडा सदस्यहरु र भगवती युवा क्लबका पदाधिकारी सहित स्थानीयको सहयोगमा उक्त क्षेत्रको ढल जाम खोल्नुको साथै सरसफाई गरिएको छ ।

लामो समय देखि ड्रेन ढल जाम भएर दुगन्धित भइ रोगको संक्रमण हुने सक्ने जोखिमलाइ न्यूनीकरण गर्नको लागि लकडाउनमा पनि काम गरिएको वडा अध्यक्ष राजिब थापाले बताए । उनले त्यसमा स्थानीयले गरेको सहयोगको लागि धन्यवाद समेत दिएका छन । उनले क्रमश योजनाका कार्यलाई पनि अघि बढाउने बताए ।लामो समय देखि सो क्षेत्रमा ढल जाम हुँदा दुर्गन्ध बढे संगै स्थानीय रोजिना बिष्ट रोजले आफ्नो ब्यक्तिगत खर्चमा केहि भागको ढल खोले पछि वडाको सहयोग तथा भगवती युवा क्लबको सक्रियतामा मुख्य सडकको दाया बायाँ सरसफाई गरिनुको  साथै ड्रेन ,ढल खोल्ने काम गरिएको हो ।

बर्षा लाग्न लागिसक्यो अहिले पनि नाली खोलिएन भने बर्षाको भेलले उक्त क्षेत्र डुवान मा पर्न सक्ने खतरा त छदैछ त्यस माथि पनि नालीको फोहोरको कारण बिभिन्न रोगको संक्रमण फैलन सक्ने सम्भावनालाइ मध्यनजर गर्दै तत्कालको लागि वडाको सहयोगमा सो क्षेत्रको सरसफाई सहित ड्रेन खोलिएको भगवती युवा क्लबका अध्यक्ष संजय बिकले बताए।

तपाइँको प्रतिक्रिया ।