टोखा भगवती क्लवको वार्षिक बैठक सम्पन्न
कपन अनलाइन
काठमाडौं ,बैशाख २९।
टोखा भगवती क्लवको वार्षिक बैठक २०७७ सम्पन्न भएको छ ।क्लवको सभाहलमा आयोजिक उक्त बैठकमा क्लवका सचिव सुशन डंगोलले २०७६ सालदेखि ०७७ बैशाख २८ सम्मको वार्षिक कार्ययोजना विवरण प्रस्तुत गरेका थिए भने क्लवका कोषाध्यक्ष आर्यन डंगोलले आर्थिक विवरण प्रस्तुतगरेका थिए ।
क्लवका अध्यक्ष मदनलाल श्रेष्ठको सभापतिमा सम्पन्न भएको उक्त बैठकका विशेष अतिथि क्लवका पुर्व अध्यक्ष तथा टोखा न.पा २ वडाका अध्यक्ष दिपकराज जोशी तथा क्लवका पुर्व सदस्य तथा टोखा न.पा २ वडाका सदस्य हेराकाजी डंगोल,पुर्व अध्यक्ष शेखर डंगोल, इन्द्र राज जोशी, राजकाजी श्रेष्ठ, पुर्व सदस्य तथा सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।
बैठकका सभापति तथा क्लवका अध्यक्ष मदनलाल श्रेष्ठले कार्य समेतिले संस्थाको हित विपरी कुनै पनि कार्य नगरेको भन्दै गुटको राजनीति गरी ब्यक्तिलाई असफल बनाउने क्रममा सिगो संस्था नै मेतिन सक्ने भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गर्दै संस्थालाई बजबुद बनाउन सल्लाह सुझाव दिएर सहयोग गर्न सबैमा आग्रह गरेका थिए ।
उक्त बैठकमा क्लवका उपाध्यक्ष द्वय रवि डंगोल तथा हरीभक्त श्रेष्ठले स्वागत मन्तव्य राख्दै सहयोगिहातहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।फोटो सौजन्य :न्युज अफ टोखा