लायन्स क्लव अफ काठमाडौं ओखलढुंगाको संयोजनमा जिल्लाका स्थानीय तहलाई सहयोग
कपन अनलाइन
काठमाडौं,बैशाख २९।
लायन्स क्लव अफ काठमाडौं ओखलढुंगाको संयोजनमा ओखलढुंगा जिल्लाका स्थानीय तहहरुलाई स्यानिटाइजर सहयोग गरिएको छ।विभिन्न संघ संस्था तथा व्यक्तिहरु द्वारा निरन्तर सहयोग पुर्याउने क्रममा नेपाली कांग्रेस ओखलढुंगाका नेता तथा क्लवका प्रेसिडेन्ट बालकृष्ण दाहालले मानेभञ्ज्याङ गापाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराई र सिदिचरण नपाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर पोखरेललाई ६० लिटर स्यानिटाइजर हस्तान्तरण गरेका थिए।
यस अघि पनि उक्त क्लवको सहयोगमा ओखलढुंगा जिल्लाका ८ वटै स्थानीय तहलाई स्वास्थ्य तथा अन्य सामाग्री निरन्तर सहयोग गरिरहेको जानकारी दिदै क्लवका प्रेसिडेन्ट दाहालले यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।
सो क्लवले संयोजन गर्दै आएको अभियानमा रावादोलु भुसिगा सरोकार समाज ,यसमा सेवा समाज, ओखलढुङ्गा ,गाम्नागटार सेवा समाज, सहिद लिला यसोदा दाहाल स्मृति प्रतिष्ठान, काठमाडौं ११, नेपाली कांग्रेस ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क समिति,नेपाल कम्यूनिष्ट पार्टी ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क मञ्च १३,नेपाली कांग्रेस लिखुओखलढुङ्गा काठमाडौं सम्पर्क समिति लगायतका संघ संस्थाले सहयोग गर्दै आएका छन।