काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको ५० औ रक्तदान

काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको ५० औ रक्तदान

कपन अनलाइन

काठमाडौं ,बैशाख २६।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले ५०औँ पटक रक्तदान गरेका छन् । यसअघि ४९ पटक रक्तदान गरेका प्रमुख शाक्यले २५६४औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ पटक रक्तदान गरेका हुन् ।

‘यो क्लवको स्थापना भएदेखि नै हरेक वर्ष रक्तदान गर्दै आएको छु । यो मेरो ५०औँ पटकको रक्तदान हो’ उक्त वडाका स्थानीय वासिन्दा समेत रहेका शाक्यले भने, ‘क्लवले ०४४ सालदेखि नियमित रक्तदान गर्दै आएको छ । अरुलाई वचाउनका लागि गरिने रक्तदान अमूल्यदान हो अर्थात दान मध्येको पनि उत्कृष्ट दान रक्तदान हो । त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु । यो त्यसैको निरन्तरता हो ।’

उनले सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को रोकथामका लागि चैत ११ देखि लागू गरेको लकडाउन अहिले पनि जारी रहेको भन्दै लकडाउनका बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन रक्तदान गरेको बताए ।

‘लकडाउनका कारण विभिन्न संघ–संस्थाले पनि रक्तदानका कार्यलाई स्थगन गर्नुपरेको र रक्तदाताले पनि रक्तदान नगरेका कारण केन्द्रीय रक्तसञ्चार सेवा ९ब्लड बैंक० मा रगत अभाव हुनसक्छ,’ उनले भने, ‘यो अवस्थामा नेपाल रेडक्रस सोसाइटीकै समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर श्री गणेश युवा क्लबले गरेको रक्तदान कार्यक्रमले धेरै विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’

तपाइँको प्रतिक्रिया ।