मेलम्ची नगरपालिकाका दिर्घरोगीहरुलाई निशुल्क औसधि
कपन अनलाइन
काठमाडौं ,बैशाख २४/दिपक विक्रम देउजा
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरपालिकाका दिर्घरोगीहरुलाई निशुल्क औसधि वितरण गर्ने भएको छ।
कोराना महामारीका कारण गरिएको लकडाउनले गर्दा नियमित रुपमा सेवन गर्ने औसधि नपाएर निराशाजनक अवस्थामामा रहेका नगरवासीको सेवाका लागि मेलम्ची नगरपालिकाले निशुल्क रुपमा औसधि वितरण कार्य शुरु गरेको छ ।
मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङमा सुगर,प्रेसर,वाथरोग,कलेजेको रोगी,मृगौला रोगी,मुटु रोगले ग्रसित ८ रोगका दिर्घरोगीहरुलाई निशुल्क औसधि वितरण गरिएको थियो।
सो अभियानको शुरुवात गर्नका लागि नगर प्रमुख डम्बरबहादुर अर्याल स्वास्थ्यकर्मी र औसधिका साथ वडा नं ६ को को स्वास्थ केन्द्र पुगेका थिए।
सो अवसरमा वडा नं ६ का अध्यक्ष अध्यक्ष जीतराज थापाले अफ्ट्यारो परेको समयमा जनताको समस्या बुझेर सहयोग गर्ने नगर प्रमुख अर्याल सहित नगरपालिका र स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएका थिए।
त्यस्तै सिन्धुपाल्चोक जिल्लामाका हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पनि दिर्घ रोगीलाई यस अघि नै निशुल्क रुपमा औसधि वितरण सुरु गरिसकेका छन।