शालिनदी पुल मुनी बस्दै आएका ज्येष्ठ नागरिकहरुको शंखरापुर नगरपालिका द्वारा उद्दार

शालिनदी पुल मुनी बस्दै आएका ज्येष्ठ नागरिकहरुको शंखरापुर नगरपालिका द्वारा उद्दार

कपन अनलाइन

काठमाडौं बैशाख २२। शंखरापुर नगरपालिकाको  शालिनदी पुलमुनी दयनीय अबस्थामा बसेका ज्येष्ठ नागरिकहरुको उद्दार गरिएको छ । शंखरापुर नगरपालिकाको  वडा नं. ७ र वडा नं. ५ जोड्ने सालीनदी  पुल मुनि बस्दै आएका ज्येष्ठ नागरिकहरुको बारेमा बिभिन्न संचारमाध्यममा सो सम्बन्धि समाचार सम्प्रेषण भए संगै  उनीहरुको उद्दार गरिएको हो ।

१० सन्तानका बावु धार्दिङ जिल्ला सल्यानकोट घर  बताउने ७० बर्षका दले नगरकोटी र उनकी श्रीमती बताउने अन्दाजी ४५ बर्षकी सुन्दरी  शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठको पहलमा उनीहरुको उद्दार गरिएको हो नगर प्रमुख सुवर्ण श्रेष्ठ, उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ,नगर प्रबक्ता हितमान तामाङ र वडा ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ सहितको टोलीले  स्थलगत अबलोकन गरि आबश्यक जानकारी लिइ तत्काल केहि दिनको लागि शालिनदीको भिमसेन मन्दिर पाटिमा सुरक्षित तरिकाले  राख्ने ब्यबस्था मिलाएको छ।

धार्दिङका सभासद गंगालाल तुलाधर सँग समन्वय गरि धार्दिङ सल्यानकोट गाउपालिका अध्यक्ष  सँग सम्पर्क गरि उनिहरूलाइ  घर पठाइ  दिने जानकारी दिदै  तत्काल केहि दिनको  लागि भिमसेन पाटीमा बस्ने खाने सबै ब्यवस्था मिलाएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए ।पाटीमा बस्न पाउँदा दंग देखिएका दले नगरकोटीले आफु  सँगै बस्ने श्रीमती सहित घरमा जान ब्यवस्था मिलाइ दिए जाने बताए ।

फोटो : शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।