भक्तपुर नगरपालिका वडा नं ६ का हरिराम सुवाल बने विद्यावारिधि (Phd) गर्ने पहिलो वडा अध्यक्ष

भक्तपुर नगरपालिका वडा नं ६ का हरिराम सुवाल बने विद्यावारिधि (Phd) गर्ने पहिलो वडा अध्यक्ष

कपन अनलाइन 

काठमाडौं ,बैशाख २१।

भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष  हरिराम सुवालले  विद्यावारिधिको उपाधि प्राप्त गरेका छन। त्रिभुवन विश्व विद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्वन्धि ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका अध्यक्ष सुवाल २०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमा डा.सुवाल नेपाल मजदूर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ बाट वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए ।

तीनवटा विषयमा स्नातक तथा मानवीकि, वाणिज्य र कानुन गरि तीनवटा विषयमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका सुवाल वडाध्यक्ष डा.सुवालले केही दिनअघि थिए । नेमकिपाको जनवर्गीयसंगठन ‘नेपाल क्रान्तिकारी किसान संगठन’को केन्द्रीय सचिव पनि हुन ।

भक्तपुरको ब्यासीस्थित बासु माविबाट २०५० सालमा प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेका चोछें भक्तपुरका वडाध्यक्ष डा.सुवाल काठमाडौं मल्टिपल कलेज मरुहिटीबाट कानुनमा प्रमाणपत्र तहमासर्वाेत्कृष्ट भई कलेज टपर समेत भएका थिए ।
बाबु कृष्णनारायण र आमा विष्णु सुवालकादुई छोरामध्ये कान्छो छोराको रुपमा २०३४ साल मंसीर ९ गते चोछें भक्तपुरमा जन्मेका डा.सुवाल
नेपाल मजदूर किसान पार्टीले भक्तपुरमा लागु गरेको‘एक घर, एक स्नातक’को अवधारणाको पछिल्लो उदाहरण बनेका छन ।

साथै  पछिल्लो समयमा भक्तपुर नगरक्षेत्रमा कम्तिमा स्नातक तह उर स्नाकोत्तर तहअध्ययन गर्नेहरुकोसंख्या पनि उल्लेख्य रुपमा बढीरहेको छ ।

तपाइँको प्रतिक्रिया ।