गैरीगाउ युवा क्लब गोकर्णेश्वर ६ को निशुल्क भोजन अभियानमा क्याप्टेन विजय लामाको सहयोग

गैरीगाउ युवा क्लब गोकर्णेश्वर ६ को निशुल्क भोजन अभियानमा क्याप्टेन विजय लामाको सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख २० । गोकर्णेश्वर नगरपालिकाका  बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ।त्यसै क्रममा गोकर्णेश्वर नगरपालिकाका वडा ६ मा रहेको सामाजिक संस्था गैरीगाऊ युवा क्लबको पहलमा जारी निशुल्क भोजन अभियानलाइ  नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाले पनि साथ दिदै सहयोग गरेका छन। काठमाडौंको   जोरपाटी स्थित एभरेष्ट बैंक पछाडी क्लवले दैनिक १५ सय जनालाई निशुल्क भोजन वितरण गर्दै आएको उक्त अभियानमा क्याप्टेन लामा पनि जोडिएका हुन् । उनले उक्त अभियानका लागि  १० बोरा चामल , नुन, तेल लगायत को खाद्यान्न सहयोग गरेका हुन् ।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरु जसको घर परिवार अहिले खाद्यन्नको अभावमा  चुलो बल्न समेत  मुश्किल भएको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि नि:शुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले निशुल्क भोजन अभियान संचालन गरेको अभियानका संरक्षक दिपक लामाले बताए। उनले उक्त अभियानमा सहयोग गरेका क्याप्टेन विजय लामालाइ धन्यवाद दिएका छन।

विषम परिस्थितिमा गरिएको सत्प्रयासमा हातेमालो गर्दै  यो सहयोग गरेको क्याप्टेन लामाले   बताए ।उनले आपतको बेलामा सबै जना एकजुट हुनुपर्नेमा जोड दिएका छन ।  उनले सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा तयारी खाना खुवाउने अभियानको  प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताए ।

बैशाख ६ गते देखि गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६ तथा विभिन्न संघ सस्था तथा सहयोगी दाताहरुको सहयोगमा निशुल्क भोजन वितरणको कामलाई निरन्तर संचालन गरिरहदा बिभिन्न ब्यक्ति तथा संघ सस्था बाट पनि सहयोगहरु प्राप्त हुदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।