जनसेवामा सक्रिय चन्द्रागिरि नगरपालिका उप प्रमुख लिशा नकर्मी
कपन अनलाइन
काठमाडौं बैशाख २० ।अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।
यसै क्रममा आफ्नो नगरपालिका कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएकी चन्द्रागिरि नगरपालिकाकी उप प्रमुख लिशा नकर्मी बिहान देखि बेलुका अवेर सम्म लकडाउनका कारण वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएकी छिन । न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न उप प्रमुख नकर्मी अहिले कोरोना जोखिम न्यूनीकरणका बिभिन्न काममा व्यस्त रहेकी छिन।

उनि अहिले नगरपालिकाको राहत वितरण निशुल्क भोजन अभियान र बजार अनुगमन गर्नुको साथै नगरपालिकामा संचालित योजना अनुगमनमा समेत आफुलाई व्यस्त राख्दै आएकी छिन। उनले लक डाउनको मौका छोपी कालोबजारी नहोस भन्नेमा सचेत रहदै अनुगमन तिब्र पारिएको जानकारी गराइन।नगरपालिका भित्र कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि नगरपालिकाले सञ्चालन गरिएका गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी उनले नगरपालिकामा कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा संलग्न रहदै स्वास्थ्यकर्मी संग नियमित सम्पर्क गरिरहेकी छिन.।
आफ्नो स्वास्थ्यको पर्वाह समेत नगरी नगरबासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै समन्वयकारी भूमिका खेल्दै आएकी उनले नगरभित्रका महिलाको स्वास्थ्य अवस्था बारे पनि अध्ययन गरिरहेकी छिन् ।कोरोना संक्रमण हुन नदिन नगरपालिकाले उच्च सर्तकता अपनाएको बताउदै त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि बताइन । कोरोना भाइरस जस्ता महामारी र विपदको लागि नगरपालिकाले विपद व्यवस्थापन कोष व्यवस्थापन गरेको पनि जानकारी गराउदै त्यसमा प्रदेश सरकार बाट १२ लाख समेत प्राप्त भएको जानकारी गराइन् ।

नगरपालिकाले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै नगर क्षेत्र भित्र किटनाशक औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्ने देखी सामाजिक दुरी कायम गराउन , लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा नगरपालिकाले नगरभित्र माईकीङ र निरन्तर प्रहरी संगको समन्वयमा अनुगमन कार्य गरिरहेको बताउदै उप प्रमुख नकर्मीले अनुगमनको जिम्मा प्रहरी प्रशासनलाइ पनि दिएको र त्यस्तो कुनै कालोबजारी भएको जानकारी भएमा प्रहरी अथवा जनप्रतिनिधिलाइ खबर गर्न पनि अनुरोध गरेकी छिन ।लकडाउन लम्बीदा नगरका विपन्न परिवार र ज्याला मजदुरी गर्नेहरु समस्यामा परेको भन्दै नगरपालिकाले त्यस्ता परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको पनि बताइन ।
उनले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रुपमा परिचित चन्द्रागिरि नगरपालिकाको नागढुंगामा निर्माण गरिएको डिस्इन्फेक्सन स्प्रेइङ टनेलको उद्घटन भएको बताउदै अत्याबश्यक सवारी साधन संचालनमा रहेकोले काठमाडौंमा कोरोना भाइरस संक्रमण रोकथामको लागि नाकामा गाडीहरुलाई निर्मलीकरण गर्न डिस्इन्फेक्सन टनेल बनाइएको बताइन । उनले कारोना भाइरस संक्रमण फैलन नदिन नगरपालिकाले विभिन्न गतिविधि गरिरहेको जानकारी दिंदै नेपालमा नै यो विधि पहिलो भएको पनि उल्लेख गरिन । उनले उक्त काम सुन्दर यातायातको विशेष पहलमा नगरपालिका संगको सहकार्यमा भएको जानकारी गराइन।
उपप्रमुख लिशा नकर्मीले तीन महिनासम्म डिस्इन्फेक्सन स्प्रेइङ टनेल संचालनको लागि सबै सामानहरु तयारी अवस्थामा रहेको र तीन महिनापछि अर्को व्यवस्था गरिने जानकारी गराउदै नगरपालिकाले दैनिक पानी उपलब्ध गराउने, वडा–२ ले टनेलका लागि आवश्यक केमिकल (सोडियम हाईड्रोक्लोराईड), आवश्यक जनशक्ति र विद्युत सडक लाईटको व्यवस्थापन गर्ने गरी संचालनमा ल्याएको बताइन । उनले थप्दै भनिन टनेलको स्विच अन अफ लगायतको काम प्रहरीले गर्ने गरि व्यवस्था मिलाएको जानकारी गराइन।

उनले विदेशबाट आएका शंकास्पद व्यक्तिहरुलाई नगरपालिकाले ए पी एफ अस्पतालमा चेकजाँच गर्न पठाएको बताउदै विदेशबाट आएका कोही कसैलाई पनि आजसम्म कोभिड–१९ पोजेटिभ नदेखिको बताइन । हाल सम्म यस चन्द्रागिरी नगरपालिकामा कसैलाई पनि संक्रमण देखिएको छैन, जुन खुशीको कुरा हो । नगर बासीहरुको सहयोगको कारण हाल सम्म संक्रमण नदेखिएको बताइन । यसो भन्दैमा हामीले सतर्कता अपनाउन छोड्नु हुदैन र हामीले संक्रमण जोखिम न्युनिकरणको लागि सक्दो प्रेयासहरु जारी राखेका बताउदै , विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको लकडाउन लाइ पूर्ण रुपमा पालना गरि घरमै बस्न नगर बासीलाई अनुरोध गरेकी छिन ।
सिमित स्रोतका बाबुजुत पनि चन्द्रागिरी नगरपालिकाले कोरोना भाइरस को जोखिम न्यूनीकरण को लागि सक्रिय भएर लागेको लागेको र छोटो अवधिमा धेरै तयारी गरेको बताइन ।कोरोना भाइरसको सङ्क्रमणवाट बच्न चन्द्रागिरि नगरपालिकाले उच्च सर्तकता अपनाएको बताउदै त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि बताइन । साथै प्रदेश सरकार बाट १२ लाख समेत प्राप्त भएको जानकारी गराइन् ।

उनले राज्य द्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु गरिएको बताइन । उनले लकडाउनलाइ पूर्ण रुपमा पालना गराउन स्वयं सेवकहरु पनि परिचालित भएको जानकारी गराइन ।
उनले नगरपालिका अन्तर्गत १३ वटा स्वास्थ्य संस्थामा ज्वोरो क्लिनिक संचालन गरिएको जानकारी गराउदै नगरपालिकाको वडा नं १ मा अवस्थित मनमोहन मेमोरोयल अस्पतालको खालि भवनलाइ प्रदेशस्तरीय अस्पताल बनाउन बागमती प्रदेशमा अनुरोध गरिएको पनि जानकारी गराइन। उनले नगरपालिका बाट हाल सम्म १५ वटै वडामा गरि करिब ११ हजार ७ सय ५९ परिवारलाइ राहत वितरण गरेको पनि बताइन ।त्यसैगरि उनले नगरपालिकाले एम्बुलेन्स चालकको सुरक्षालाइ मध्यनजर गर्दै पिपिइ सेट प्रदान गर्नु को साथै उनीहरुको स्वास्थ्य बिमा समेत गरिएको जानकारी गराइन।
नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन किराना, तरकारी तथा खाद्यान्न पसल निश्चित समयमा खोली सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेको बताउदै वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसावले युद्ध स्तरमा खटिरहेको बताइन ।
उनले विपदको बेलामा सहयोगी भूमिका खेल्ने सबैलाई धन्यबाद समेत दिएकी छिन।उनले लक डाउनका कारण रक्तसंचार केन्द्रमा रगत अभाब हुन नदिनको लागि नगरपालिका भित्र बिभिन्न संघ संस्थाले रक्तदान कार्यक्रम समेत आयोजना गरेको बताउदै त्यसमा पनि आफु सरिक भएको बताइन।चन्द्रागिरी नगरपालिका नगरबासीको स्वास्थ्यमाथी निकै संवेदनशील र जिम्मेवार रहेको बताइन ।
(फोटो : आर्ष नेपाल )
