बिपतको समयमा परिचालित हुनु सामाजिक, नैतिक र मानवीय दायित्व हो: लायन रेवत बहादुर कार्की
कपन अनलाइन
काठमाडौं बैशाख २०। विश्व भरि फैलिएको कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग स्वाथ्यकर्मी सुरक्षाकर्मी तथा खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएका छन।कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देश भर लक डाउन गरे पछि दैनिक ज्याला मजदुरी गरि पेट पाल्नेहरु तथा बिभिन्न समज्निक संस्थामा आश्रय लिइरहेकाहरु बढी संकटमा परेका छन। स्वस्थ्य संकटले निम्त्याएको विपदमा राज्यलाइ सहयोग गर्ने सहयोगी हातहरुमा अग्रस्थानमा लायन्स क्लब पनि पर्छ ।
‘हामी सेवा गर्छौं ” भन्ने मुल उदेश्य लिएको लायन्स क्लबले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने नारालाई पुन विपदको समयमा यतार्थमा बदलेको छ । न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका लायन्स मध्ये एक सक्रिय लायन्स हुन्, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का वर्तमान सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की ।नेपालको तेह्रथुमको दुर्गम गाउमा जन्मिएर बिराटनगरलाइ कर्म भुमि बनाएका उनले अहिले को विषम परिस्थितिमा लायन्समा कुशल नेतृत्व बहन गरिरहेका छन। दिन रात नभनी उनि लायन्स लिडरहरुको सारथी बन्दै सामाजिक सेवामा लागिरहेका छन।
पुर्वको बिराटनगरमा भएपनि नियमित लायन्स लिडर संग सम्पर्कमा रहेर नेपालका बिभिन्न स्थानमा सामाजिक सेवामा खटिरहेका लायन्स सदस्यहरुलाई आवश्यक सहयोग गरिरहेका छन। प्रतिकुल अवस्थाका कारण चाहना भए पनि सबै ठाउमा पुग्न नसकेकोमा छटपटी भएको बताउने उनले सामाजिक सेवा गर्नको लागि भौतिक दुरीले नछेक्ने बताए। संकटको बेला सहयोगमा परिचालित हुनु सामाजिक, नैतिक मात्र होइन, मानवीय एवं आत्मिक दायित्व पनि हो।, उनि भन्छन, सामान्य अवस्थामा त उपकारी मनहरू निजी रामरौस र लोभलालच नगरी अरूलाई सेवा सहयोग गरी मानवीयता प्रदर्शन गरिरहेका हुन्छन् भने दुःख, महामारी र विपत्तिमा सेवा सहयोग गर्नु मानव मात्रको कर्तव्य भएको बताउने उनले जोसँग जस्तो क्षमता छ, त्यही आधारमा सहयोगी भूमिका खेल्दै संकटमा एक जुट हुनु पर्ने बताए ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को डिस्ट्रिक गभर्नर रहेका समयमा भेटवालले आफ्नै नेतृत्वमा स्थापना “लायन्स फुड बैंक” स्थापना गरेका थिए। त्यहि “लायन्स फुड बैंक” को लोगो अंकित बोरामा विपन्नका लागि खाद्यान्न बोकेर अहिले डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री राजनको को सारथीको रुपमा निरन्तर कुदिरहेका छन । विश्व भरि फैलिएको कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग स्वाथ्यकर्मी सुरक्षाकर्मी तथा खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु ,सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएकाहरुको मुक्त कण्ठले प्रसंशा समेत गरेका छन । अहोरात्र खटेर थकानमा पनि सक्रिय बनेका स्वास्थ्यसेवक, सुरक्षाकर्मी, संचारकर्मी र राष्ट्रसेवकहरूको मनोबल घटाउने काम गर्न नहुने बताए ।
समस्या र जटिलतामा पनि समाधान देख्ने र सकारात्मक सोच राख्ने उनले विपदमा सेवा गर्न लायन्सको गहन दायित्व रहेकोले यसले अनुपम आनन्द महसुस भएको अनुभूति सुनाउछन ।संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध समेत गरेका छन ।विपदमा राहत तथा आपतकालीन सेवा उपलव्ध गराउने लायनवादको मूल मर्मलाई सार्थक बनाउन आफ्ना सहयोद्धाका साथमा राहत सामाग्री बोकेर अविश्राम हिडिरहेका उनलाई डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री राजन र इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवाल लगायत लायन्स लिडर तथा सदस्यहरुको खटाइले थप प्रेरणा मिलेको बताउछन ।
उनि भन्छन ‘सामाजिक संस्थामा आवद्द हुनु भनेकै समाजमा आइपर्ने विपद दुखमा सेवा गर्नु हो मानवीय सेवा बाट प्राप्त सन्तुष्टि नै ब वास्तवमा धर्म हो ‘ । लक डाउनका कारण चुल्हो बाल्न समस्यामा परेका परिवारलाइ खाद्यान्न सहयोग मात्र नभई लायन्स क्लबको अगुवाइ तथा सक्रियतामा बिभिन्न स्थानमा रक्तदान कार्यक्रम समेत आयोजना गराउनको लागि उनि लागि परेका छन । यति मात्र नभई लायन्स क्लब मार्फत कोभिड -१९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई आधारभूत सुरक्षा सामग्री पिपिई माक्स स्यानिटाइजर लगायतको सामग्री उपलब्ध गराउनको लागि पनि पहल गर्दै वितरण गरेका छन ।
लायन्स क्लबले संकटको घडीमा सरकारलाई सहयोग मात्र गरेको छैन श्रष्टाहरुलाइ सम्मान समेत गर्दै आएको छ ।उनले कोरोना भाइरस बिरुद्द उच्च मनोबलका साथ सामना गर्न सबैमा अनुरोध गर्दै महामारीको प्रकोप माथि विजय प्राप्त गरेर सम्पूर्ण मानव जातिको समृद्दी कायम गर्ने तर्फ नयाँ आयामहरुको थालनी गर्न सकियोस भन्ने नया वर्षको शुभकामना सहित लायन्स क्लबले संकटको बेलामा गर्दै आएको कामको उच्च प्रसंशा समेत गरेका छन ।
सरकारले घोषणा गरेको लकडाउन लाई हामीले पुर्ण रुपमा घरमै बसी पालना गर्नु पर्छ र यो हाम्रो परम कर्तव्य पनि हो उनि भन्छन। ‘आजको विषम परिस्थितिमा सरकारले मात्र भोको पेट पुर्ण रुपमा निर्मुल पार्ने नसकिरहेको अवस्थामा सुरक्षाकर्मी , संचारकर्मी , वडा प्रतिनिधि ,स्वास्थकर्मी ज्युहरु लगायत सामाजिक कार्यकर्ताहरु सबै घरभित्रनै बस्ने अबस्था शृजना हुनगएमा अबस्था कस्तो होला ? हामीले कल्पना सम्म गर्न सक्दैनौं तसर्थ लायन्स क्लब ३२५ ए१ ले राज्यले लगाएको लकडाउनलाइ लाई पुर्ण रूपमा पालना गर्दै सुरक्षात्मक उपाय अपनाएर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत संचालित Food Bank मार्फत आज जहाँ आवश्यक त्यहाँ लायन्स भन्ने मुल मन्त्रमा रहि Hunger relief program अन्तर्गत खाधान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउदै आईरहेको बताए।
प्रत्येक कालो बादलमा एउटा चांदीको घेरा हुन्छ भन्ने बिश्वास राख्ने लायन रेवत बहादुर कार्कीले जतिसुकै अप्ठ्यारो परिस्थिति वा विपतको अवस्थाले पनि केही न केही राम्रो पक्ष ल्याउनेमा आशाबादी रहदै छुट्टै यो संकट बाट मुक्ति पाइने बिश्वास ब्यक्त गरेका छन ।