गोकर्णेश्वर नगरपालिका ९ का वडा सदस्य हरिकृष्ण कारंजित द्वारा लकडाउन प्रभावितहरुको लागि खाद्यान्न सहयोग

गोकर्णेश्वर नगरपालिका ९ का वडा सदस्य हरिकृष्ण कारंजित द्वारा लकडाउन प्रभावितहरुको लागि खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख २० ।गोकर्णेश्वर नगरपालिकाका  बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि राहत वितरण तथा व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ।उक्त खाना खुवाउने अभियानलाइ  गोकर्णेश्वर नगरपालिका वडा नं ९का वडा सदस्य हरिकृष्ण कारंजित र बिजया लक्ष्मी कारंजितले साथ दिदै खाद्यान्न लगायतको सामग्री सहयोग गरेका  छन।

 उनिहरुले आफ्नो छोरा रेशम कारंजित र बुहारी दिपिका श्रेष्ठ कारंजितको प्रथम बैवाहिक वर्षगाठको उपलक्ष्यमा राहत वितरण तथा  निशुल्क भोजन अभियानलाइ सहयोग गरेका हुन् । उनले गोकर्णेश्वर नगरपालिकाका  प्रत्येक वडालाइ राहत तथा निशुल्क भोजन अभियानको लागि सहयोग पुगोस भनेर  १० बोरा चामल सहितको खाद्यान्न सहयोग गरेका हुन्  ।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि नि:शुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको वडा सदस्य हरिकृष्ण कारंजितले  बताए ।

सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेको बताउदै  न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा तयारी खाना खुवाउने अभियानको  प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताए।

तपाइँको प्रतिक्रिया ।