काठमाडौं क्षेत्र नं ५ (२) का विभिन्न योजना निर्माण शुरु

काठमाडौं क्षेत्र नं ५ (२) का विभिन्न योजना निर्माण शुरु

कपन अनलाइन

काठमाडौं ,बैशाख १९।

काठमाडौं क्षेत्र नं ५ (२) का विभिन्न वडामा योजना निर्माण शुरु भएको छ। पहिलो चरणको लकडाउनको शुरुवात संगै रोकिएको निर्माणको काम शुरु गरिएको हो।

टोखा नगरपालिका वडा नं ३ को  विष्णुमति पुल देखि साइबाबा चोक सम्मको सडक स्तरोनत्ति  अन्तर्गत ढल निर्माणको काम शुरु गरिएको छ।

त्यस्तै सो निर्वाचन क्षेत्रमा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं ४ कार्यालय चोक बाट कपुर चोक हुदै गोर्खाली पुल सम्मको सडक निर्माण शुरु भएको छ भने वडा नं ७ को हात्तीगौडा देखि वडा नं ६ को विष्णुमति सम्मको सडक कालोपत्रे काम पनि शुरु गरिएको छ।

दुवै योजना नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलको पहलमा सो क्षेत्रमा संचालन भएका यी योजनाहरु संगै टोखा चंडेश्वरी – बुढानिलकण्ठ सडक पनि निर्माण शुरु हुने प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन।

त्यस्तै बुढानिलकण्ठ क्षेत्रमा रहेका विभिन्न योजनाका वारेमा छलफल भएको जानकारी दिदै प्रदेस सभा सदस्य निरौलाले चंडेश्वरी  मन्दिरमा ढुंगा छाप्ने काम यसै हप्ता भित्र शुरु हुने जानकारी दिएका छन।

त्यस्तै बुढानिलकण्ठ मन्दिर क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु संचालनका लागि प्रदेस सभा सदस्य निरौला ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल .वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ,वडा सदस्य आकास धिताल ,मन्दिरका महन्त ,विकास तामांग,दामोदर भण्डारी ,गणेश कुँवर लगायतको उपस्थितिमा मन्दिर क्षेत्रमा रहेको शिव मन्दिर पूर्वको जग्गामा ढुंगा छाप्ने तथा पर्खाल निर्माणको काम शुरु गर्ने वारेमा छलफल भएको थियो।

त्यस्तै मन्दिर क्षेत्रको राधाकृष्ण,लक्ष्मीनारायण तथा शिव मन्दिरको पुन निर्माण र अन्य विकास योजनाका वारेमा पनि छलफल गरिएको जानकारी दिदै प्रदेस सभा सदस्य निरौलाले वडा नं ५ को आइतवारे पार्कमा निर्माण गरिएको ट्यांकीमा पाइप विस्तारको काम सम्पन्न भएकोले ट्यांकी निर्माण यसै साता बाट शुरु गरिने जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।