कागेश्वरी मनोहरा नगरपालिका लाइ लायन्स क्लबको खाद्यान्न सहयोग

कागेश्वरी मनोहरा नगरपालिका लाइ लायन्स क्लबको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख१९ । कागेश्वरी मनोहरा नगरपालिकाका बिभिन्न वडामा लायन्स क्लबले खाद्यान्न सहयोग गरेको छ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको फुड बैंक मार्फत बिहिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ ,वडा नं ६ र वडा नं ८लाई सहयोग गरेको हो । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लक डाउन गरेको पनि एक महिना बढी  बितिसकेको छ। लामो समयको लक डाउनको कारण बिशेष गरि गरिब असाहय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन । सोहि समस्यालाइ  मध्यनजर गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को फुड बैंक मार्फत  कागेश्वरी मनोहरा  नगरपालिकामा रहेका दैनिक ज्यालादारी गर्ने बिपन्न श्रमिकहरुलाई राहत तथा  निशुल्क भोजन अभियानमा सहयोग पुगोस भनेर सहयोग गरिएको हो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा उप प्रमुख बिन्दु पुडासैनी सिंखडा ,लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक ३२५ ए१ का फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ , चिफ ए ओ जी लायन कर्मा गुरुङ  कागेश्ववरी मनोहरा ८ का  वडा अध्यक्ष श्रीकृष्ण चापागाईं , लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि थापाले  बिषम परिस्थितिमा देशको हरेक शहर र गॉउमा निःस्वार्थ भाबले  लायन्स सदस्यहरूले गरेको आर्थिक सहयोग बाट गरेको सामाजिक कार्यलाई नमन गर्दै धन्यवाद दिएका छन ।

तपाइँको प्रतिक्रिया ।