शंखरापुर नगरपालिकाको क्वारेन्टाइनमा ९ जना

शंखरापुर नगरपालिकाको क्वारेन्टाइनमा  ९ जना

कपन अनलाइन

काठमाडौं बैशाख १८।  भारतबाट आएको आशंका गरिएकी २ युवती सहित ९ जनालाई शंखरापुर नगरपालिका वडा नं. ९ स्थित इन्द्रायणी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको छ ।भारतको बिहार बाट धनगढी हुदै काठमाडौं आएर इन्द्रायणीको सानो गाँउमा २ युवती आएको स्थानीयले जानकारी गराए पछी RDT जाँच गराई क्वारेन्टानमा राखीएको वडा नं. ९ का वडा अध्यक्ष घनश्याम थापाले जानकारी  गराए । यद्दपी उनीहरुको सुष्मा कोइराला मेमोरीयल अस्पतालमा RDT जाँच गर्दा नेगेटिभ आएको छ ।४ दिन अघि इन्द्रयणीको सानो गाँउमा बस्ने दिदि भिनाजुकोमा ती युवतीहरु आई बसेको र केही स्थानीय सँग बिना सुरक्षा भेटघाट गरेको कारण ती स्थानीयहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी वडा अध्यक्ष थापाले  बताए ।

उनीहरुलाई १ हप्ता सम्म क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाएको शंखरापुर नगरपालिकाका प्रमुख  सुवर्ण श्रेष्ठले  जानकारी गराए । क्वारेन्टाइनमै पुगि  नगर प्रमुख श्रेष्ठले उनीहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिनुको साथै अझै १ पटक जाँच गराउने बताए  । १ बालक सहित ३ जना महिला र ५ जना पुरुष गरी ९ जना लाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको खाने बस्ने ब्यवस्था नगरपालिकाले  गरिरहेको नगर प्रमुखले बताए ।

(फोटो :शंखरापुर न्युज )

तपाइँको प्रतिक्रिया ।