टोखाको चण्डेश्वरी मन्दिरमा दानपेटीको नगद र पुरात्वतिक शंखहरु चोरी भयो

टोखाको चण्डेश्वरी मन्दिरमा दानपेटीको नगद र पुरात्वतिक शंखहरु चोरी भयो

कपन अनलाइन। 

काठमाडौं ,बैशाख १९।

टोखाको चण्डेश्वरी महादेवको नामले चिनिले मुस्खारेश्वर महादेव मन्दिरमा रहेका पुरात्वतिक महत्वका दुई वटा शंख चोरी भएका छन।

लिच्छविकालिन उक्त महादेवको मन्दिरमा लगाएको ताल्चा फोरी पुरात्वतिक शंखका साथै दानपेटीमा रहेको नगद समेत गत मंगलबार राती चोरी भएको मन्दिरका पूजारी मंगल कर्माचार्यले बताएका छन् । चोरी भएको बहुमुल्य शंख कति वर्ष पुरानो हो भनेर एकिनका साथ  भन्न नसकिए पनि ति शंखहरु सय वर्ष भन्दा पुरानो हुनसक्ने उनको अनुमान रहेको छ।

विश्वमा महामारीको रुपमा फैलिररहेको नबोल कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनको समयमा उश्रृखल र लागु पदार्थको सेवन गर्ने समूहहरुको कार्य हुन सक्ने महानगरीय प्रहरी प्रभाग टोखाका प्रहरी नायव निरिक्षक सोभित अर्यालले  जानकारी दिएका छन।

उनले यस घटनाको बारेमा विशेष छानविन तथा अनुसन्धान अगाडी बढिरहेको र चाडै चोरी गर्ने व्यक्ति पत्ता लगाइने बताएका छन ।टोखा बासीहरुको धार्मिक तथा साँस्कृतिक महत्वको यस मन्दिरमा यस अघि  तीन पटक चोरीका घटना भैसकेका छन।

फोटो सौजन्य :न्युज अफ टोखा 

तपाइँको प्रतिक्रिया ।