बुढानिलकण्ठ नगरपालिकामा विपद व्यवस्थापनको बैठक ,बजार अनुगमन तीव्र पारिने

कपन अनलाइन 

काठमाडौं ,वैशाख १८।

बूढानीलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिकोबैठक सम्पन्न भएको छ।

उक्त  छलफलमा  नगरपालिकाका विभिन्न शाखाहरु द्वारा यस कोरोना भाईरस नियन्त्रणका लागि शुरुवाती दिनहरु देखि गर्दै आइरहेका कार्यहरुका बारेमा विशेष छलफल गरिएको थियो भने आगामी  दिनमा  यस भाईरसले निम्त्याएका तथा निम्त्याउन सक्ने समस्याहरुका विषयमा छलफल गरिएको थियो।

उक्त छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख उद्धव खरेल, उप-प्रमुख रमा देवी राई, प्रशासकीय प्रमुख नारायण प्रसाद रिसाल, स्वास्थ्य शाखा, विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र लामा, कर्मचारी संयोजक शम्भु भट्टराई, नेपाली काङ्ग्रेसका प्रतिनिधि, राप्रकाका प्रतिनिधि, नेकपा पार्टी अध्यक्ष रबिन अधिकारी, नगर सल्लाहकार सुन्दर पुर्कुटी, नेपाल आर्मीका मेजर, बूढानीलकण्ठ नगरपालिका प्रहरी प्रभागका प्रमुख प्र.नि भुपेन्द्र गिरी, कपन प्रहरी प्रभागका शेखर जङ्ग मल्ल र प्रबिन उपाध्याय, नेपाल रेडक्रस बूढानीलकण्ठका समिति सदस्य, र बूढानीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाबाट तुलसा अधिकारी र वातावरण शाखाका सहायक बिनोद पाठकको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिकाले  न पहिलो चरणमा  करिव १३ हजार जना परिवारलाई राहत वितरण गरिसकेको  र छुटेका तथा बाँकी रहेकाहरुलाई वितरण जारीनै रहेको साथै कतिपय वडाले खाना पकाएर ख्वाउने कार्यक्रमलाई पनि निरन्तरता दिइएको पनि नगरप्रमुख उद्दव खरेलले बताएका छन्।

नगरपालिकाभित्र लकडाउनलाई प्रभावकारी बनाउनका लागि सुरक्षाकर्मीहरुद्वारा दिनरात खटिरहेको योगदानका कार्यहरुका विषयमा पनि छलफल गरिएको थियो। यसका साथै कृषि शाखा तथा व्यवसाय सञ्चालन गरिने सम्बन्धमा पनि छलफल गरिएको छ। विभिन्न बिउ-बिजन, अहिलेको मौसमका कारण भगिरहेका समस्याहरुको न्यूनिकरण गरिनका लागि चाहिने व्यवस्था मिलाउन समेत छलफल गरिएको छ। कृषिसम्बन्धी व्यवसायहरु सञ्चालनमा सहज बनाइनका लागि पनि छलफल गरिएको छ। साथै खाद्यान्न सामाग्रिहरुको पसल सञ्चालनमा पनि सहज बनाइनका लागि छलफल गरिएको छ।

स्वास्थ्य शाखाले नियमित स्वास्थ्य परिक्षण, खोप लगाउने कार्य, गर्भवती जाँच लगायतका कार्यहरुलाई सरकारद्वारा दिइएको निर्देशनलाई पालना गरि केहि दिनमा सञ्चालन गरिने र सहज ढंगमा सेवाहरु प्रदान गरिने जानकारी स्वास्थ्य शाखाका तुलसा अधिकारीले जानकारी गराएकी थिइन् भने सुरक्षा प्रमुखहरुले पनि शान्ति सुरक्षाको अवस्थाका वारेमा जानकारी दिएका थिए।

साथै विभिन्न हार्डवेयरका पसलहरु दिनको कुनै एक समय निर्धारण गरि सामाग्री बिक्रि गर्न व्यवस्था मिलाउनुका साथै  अन्य खाद्यान्नका पसलहरु बिहान ५ बजे देखि  १० बजेसम्म सञ्चालन गर्नका लागि नगरपालिकाले निर्देशन दिएको छ।

कार्यक्रममा नगरपालिकाको विपद व्यवस्थापन समिति तथा विभिन्न शाखाहरुले कोरोन भाईरस नियन्त्रणका लागि गरिरहेका कार्यविवरणका पेश गरिएको थियो। र साथै आगामी समयमा पनि नियन्त्रण तथा लकडाउनलाई अझै प्रभवकारी बनाउन प्रत्येक शाखाहरुले गरिरहेका कार्यहरुलाई निरन्तरता दिइने समेत प्रमुख खरेलले जानकारी गराएका थिए।

तपाइँको प्रतिक्रिया ।